काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता तथा सांसद वृषेशचन्द्र लालले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठित आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा समय माग गरी मधेश र थरुहट आन्दोलनका क्रममा घटेका मानवअधिकार र अन्य घटनाबारे अध्ययन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयन गर्न माग गरेका हुन् ।
‘सरकार र स्वतन्त्र मेधशी गठबन्धनबीच शुक्रवार भएको ११ बुँदे सहमतिबारे सरकारले जवाफ दिनुपर्छ’उनले भने । सांसद लालले वर्तमान सरकारले मधेशी समुदायका समस्यामा बेवास्ता गरेका कारण राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको समेत जानकारी गराए ।