२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नै औंठाछाप लगाएर वृद्धभत्ता हिनामिना गरेको अभियोगमा सचिवविरुद्ध विशेष अदालतमा मुद्धा दायर

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गर्ने दैलेखका तत्कालिन गाविस सचिव र सहायक लेखापालविरुद्ध विशेष अदालतमा भष्टाचार मुद्धा दायर गरेको छ ।

आफ्नै औंठाछाप लगाएर सामाजिक सुरक्षाको भत्तावापतको १ लख ८४ हजार रुपैयाँ हिनामिना गर्ने दैलेको तत्कालिन द्वारी गाविस सचिव टीकाराम रेग्मी र ४ लाख ९७ हजार ७० रुपैयाँ हिनामिना गर्ने सहायक लेखापाल छविराम शर्माविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

सामाजिक सुरक्षा भत्तामा जेष्ठ नागरिक, दलित, एकल महिलालाई वितरण गर्ने भत्ता पर्छ ।

रेग्मीले आर्थिक वर्ष २०६९र०७० को दोस्रो र तेस्रो तथा २०७०र०७१ को पहिलो, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ताबापतको १ लाख ८४ हजार रुपैयाँ आफ्नै औठाछाप लगाई सेवाग्राहीलाई रकम वितरण नगरी हिनामिना गरेको देखिएको अख्तियारको दावी छ ।

अख्तियारले उक्त हिनामिना भएको रकम रेग्मीबाटै असुल गर्न पनि माग गरेको छ ।

दैलेखकै तत्कालिन द्वारी गाविसका सहायक लेखापाल (खरिदार) छविराम शर्माले आर्थिक वर्ष २०७१र०७२ को पहिलो र तेस्रफ चौमासिक तथा २०७२र०७३ को पहिलो, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ताबापतको ३ लाख ४४ हजार छ सय आफ्नै औठाछाप लगाई निकालेर हिनामिना गरेको देखिएको अख्तियारले बताएको छ ।

उनले कृषि, वन तथा वातावरण शीर्षक बापतको १ लाख ५२ हजार ५ सय ७० रुपैयाँ कामै नगरी हिनामिना गरेको पनि अख्तियारको दावी छ । अख्तियारले शर्माले हिनामिना गरेको रकम पनि उनीबाटै असुल उपर गर्न माग गरेको छ ।