१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिको राजीनामा माग्दै अल्जेरियामा प्रदर्शन

अ+ अ-

अल्जेरिया । राष्ट्रपति अब्देलाजिज बौटेफ्लीकाको राजीनामाको माग गर्दै अल्जेरियामा जनताले प्रदर्शन गरेका छन् ।

लामो समयपछि हुन लागेको निर्वाचन फेरी स्थगित गरिएको भन्दै उनीहरुले राष्ट्रपतिको राजीनामाको माग गर्दै सोमबार राति प्रदर्शन गरेका हुन् ।

अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिजले आगामी अप्रिल १८ का लागि तय भएको निर्वाचन स्थगित गरेपछि आन्दोलन थप चर्किएको हो ।

निर्वाचन स्थगित गरिए पनि नयाँ निर्वाचन हुने मिति घोषणा भने गरिएको छैन । राष्ट्रपति अब्देलाजिजले मन्त्रिपरिषद्बाट चाँडै निर्वाचनको नयाँ मिति तय गरिने बताएको अधिकारीहरुले जनाएका छन् ।

उनको उम्मेदवारीलाई लिएर केही हप्तादेखि विरोध हुँदै आएकै बेला उनले फेरी निर्वाचन स्थगित गरेका हुन्। प्रदर्शनकारीहरुले आगामी निर्वाचनमा भाग नलिन पनि उहाँलाई आग्रह गर्दै आएका छन् ।

विगत २० वर्षदेखि अल्जेरियाको नेतृत्व गर्दै आएका ८२ वर्षीय वृद्ध राष्ट्रपति अब्देलाजिज अहिले बिरामी पनि छन् ।

वृद्ध र बिरामी हुनुका साथै लामो समयदेखि शासन गरेकाले उनीलाई पाँचौँ कार्यकालमा पनि जिम्मेवारीमा नआउन उनीहरुले माग गरेका छन् ।

अल्जेरियाको राजधानी अल्जियर्सलगायत देशका कयौँ शहरमा राष्ट्रपति अब्देलाजिजको व्यापक विरोध भइरहेको छ । उनको विरुद्धमा लाखौँ सङ्ख्यामा रहेका अल्जेरियाली नागरिकले सडक र्‍याली निकालेका छन् ।

पाँचौँ पटक सरकार चलाउने अब्देलाजिजको घोषणासँगै देशमा विरोध प्रदर्शन शुरु भएको हो । उनले भने फेरी एकपटक आफूलाई चयन गरेमा चाँडै नै पद त्याग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तर अल्जेरियाली युवामा भने आर्थिक अवसरको कमीका कारण निरासा उत्कर्षमा पुगेको छ । उनीहरुले सक्रिय र स्वस्थ राष्ट्रपति चाहेको र देशलाई यही अवस्थामा रहिरहन नदिने बताउँदै आएका छन् ।रासस/एएनआई

प्रतिक्रिया दिनुहोस