९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन विकासका लागि राम्चेढुङ्गालाई घुम्टेसँग जोड्दै

अ+ अ-

गलकोट । पर्यटकीय विकासका लागि जिल्लाको प्रसिद्ध पर्यटकीयस्थल घुम्टेको धुरीसँग राम्चेढुङ्गालाई जोड्न त्यहाँ प्रवर्द्धन गर्न थालिएको छ । उच्च पहाडी क्षेत्र, मनोरम वातावरण, सुन्दर प्राकृतिकस्थल, दन्ते लहरझैँ रहेका दर्जनौँ हिमाल र अग्ला पहाडले घेरिएको राम्चेढुङ्गालाई घुम्टेसँग जोडेर विकासका कार्य गर्न लागिएको हो ।

जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियाबाट करीब २ घण्टाको पैदलयात्रामा पुग्न सकिने राम्चेढुङ्गामा अहिले केही पूर्वाधार निर्माण गर्न थालिएको छ । जिल्लाको सबैभन्दा अग्लो पहाडको रुपमा चिनिएको घुम्टेको धुरी तथा त्यहाँ अवस्थित सिद्ध भैरव मन्दिरको दर्शन गर्न जाने पर्यटकलाई राम्चेढुङ्गा हुँदै लैजाँदा त्यहाँको पर्यटन विकास हुने र टोकरी गाउँमा घरवास सञ्चालन गर्न सकिने भएकाले ‘राम्चेढुङ्गा पर्यटन विकास केन्द्र’ गठन गरी प्रवर्द्धनका काम अघि बढाइएको हो ।

समुद्री सतहदेखि ३ हजार १०० मिटर अग्लो घुम्टे पहाडमा प्रत्येक वर्ष वैशाख पूर्णिमामा मेला लाग्ने भएकाले तीर्थ यात्रा गर्न, प्राकृतिक वातावरण अवलोकन गर्न र गुराँस फुलेको हेर्न पुग्ने बाह्य तथा आन्तरिक पर्यटकलाई राम्चेढुङ्गासँग जोड्न थालिएको उक्त समितिका अध्यक्ष विष्णु थापाले बताए ।

गलकोट नगरपालिका–७ मल्मको सानाखोलादेखि राम्चेढुङ्गा हुँदै घुम्टे जाने चार किलोमिटर पक्की पदमार्ग निर्माण गर्न थालिएको छ । हालसम्म ५०० मिटर पक्की पदमार्ग निर्माण भइरहेको र यसका लागि नपुग रकम नगरपालिका तथा प्रदेश सरकारसँग आग्रह गरिएको उनको भनाइ थियो ।

राम्चेढुङ्गाबाट धौलागिरि, माछापुच्छ्रे, मानापाथीलगायत दर्जनौँ हिमशृङ्खला, गलकोट उपत्यका, गाजाको धुरी, रमुवा, गुल्मीको रेसुङ्गाको डाँडालगायत स्थल देख्न सकिने भएकाले सो स्थल पर्यटकीय गन्तव्य बन्ने स्थानीयवासी गङ्गाबहादुर थापाले बताए।

समुद्री सतहदेखि एक हजार ९०० मिटर उचाइमा रहेको राम्चेढुङ्गामा हाल पदमार्ग, सडक सञ्जाल, खेल मैदान, वनभोजस्थल, शौचालय, खानेपानीलगायत पूर्वाधार निर्माण भइसकेको र वन डिभिजन कार्यालयले वन बाटिका निर्माणका लागि अध्ययन गरिरहेको उक्त केन्द्रले जनाएको छ ।

हाल गलकोट क्षेत्रका आन्तरिक पर्यटक वनभोज खान र दृश्य अवलोकनका लागि आउने गरेका छन् । राम्चेढुङ्गाबाट प्याराग्लाइडिङको समेत सफल परीक्षण गरिएको छ । सरोकारवालाको आर्थिक सहयोग तथा स्थानीयवासीको श्रमदानमा राम्चेढुङ्गालाई थप व्यवस्थित गराउन विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० निर्माण गरी पक्की पदमार्ग, बगैँचा, विश्रामस्थल, मन्दिर, प्याराग्लाइडिङका लागि धावनमार्गलगायत संरचना पनि बनाउने योजना रहेको स्थानीयवासी थापाको भनाइ थियो ।

‘आन्तरिक तथा बाह्य पर्यटक राम्चेढुङ्गामा भित्र्याउनका लागि हामीले केही सुधारका काम गरेका छौँ’, अध्यक्ष थापाले भने, ‘सबै पूर्वाधार निर्माण भएमा घुम्टेजाने सबै पर्यटक यहाँ आउन सक्नेछन् ।’ राम्चेढुङ्गालाई व्यवस्थित गर्नसके जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्नेमा कुनै शङ्का नरहेको कार्यवाहक वडाध्यक्ष लोकबहादुर थापाले बताए ।

घुम्टेमा रहेको सिद्ध भैरव मन्दिर दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले त्यहाँको पूर्वाधार निर्माण भएपछि पछिल्लो समय घुम्टे जाने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए । घुम्टे जाने पर्यटकलाई राम्चेढुङ्गा हुँदै घुम्टे पुर्‍याउने उद्देश्यले राम्चेढुङ्गा हुँदै पदमार्ग र घरवास सञ्चालनको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस