१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियता बलियो बनाउन दलहरुबीच एकता आवश्यक

अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राष्ट्रियता बलियो बनाउन दलहरुबीच एकता आवश्यक भएको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकमा सनातन परम्पराको संरक्षणका लागि हिन्दू राष्ट्र र राष्ट्रिय अखण्डताका लागि राजसंस्थासहितको प्रजातन्त्र कायम गर्नुपर्ने बताएका छन् ।

पछिल्लो समय राष्ट्रियता कमजोर हुँदै गएकाले सबै राजनीतिक शक्तिहरुबीच समन्वय हुनुपर्नेमा जोड दिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले राष्ट्रियताको संरक्षण र समृद्धिका लागि सबै राजनीतिक दलबीच सहकार्य र एकता हुनुपर्नेमा जोड दिए । सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने भने पनि वाइड बडी प्रकरणको छानबिन नगरेकामा उनले चिन्ता व्यक्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अर्का अध्यक्ष पशुपति शम्शेर जबराले उक्त पार्टीले हिन्दू राष्ट्र कायम गर्न, राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचारविरुद्ध देशव्यापी रुपमा राजनीतिक गतिविधिलगायत चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गरेको बताए ।

यसैबीच राप्रपाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष कमल थापाले सबै राजनीतिक शक्ति अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलनको माग गरे । संघीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत सङ्ग्रह गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

अध्यक्ष थापाले जनसंघर्षका कार्यक्रमलाई सफल बनाउन पार्टीका सबै तहलाई सक्रिय हुन निर्देशन दिए । वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा जनसंघर्ष परिचालन समितिका गठन गरिएको छ । समितिको सल्लाहकारमा पार्टी अध्यक्ष थापा, वरिष्ठ नेता दीपक बोहोरा र बालाराम घर्तीमगर तथा सदस्य सचिवमा महामन्त्री भास्कर भद्रा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस