२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कता जाँदैछ समाज ?

अ+ अ-

राजधानी काठमाडौँमा केही दिन अघि एक जना ट्याक्सी चालकले बिरामी यात्रुलाई अस्पताल पुर्‍याउनुको सट्टा बिच बाटोमै झारे ।

सिसिटिभी फूटेजको आधारमा पक्राउ परेका चालकले ‘रोगले च्यापेपछि अत्तालिएर बिरामीलाई निकालेको’ प्रारम्भिक बयानका क्रममा प्रहरीसँग बताए । यस्तो हर्कतका पछाडि कुनै नियत होला या नहोला त्यो त अनुसन्धानबाट नै प्रष्टियला तर यो भन्दा ठुलो अमानवीयता अरू सायदै होला ।

बा १ ज ३८५१ नम्बरका ट्याक्सी चालक कमलबहादुर श्रेष्ठले गोकर्णेश्वर नगरपालिका -४ का ६० वर्षीय गोपाल रञ्जितलाई सडकमा झारेपछि नजिकै रहेका प्रहरी अधिकारीले अस्पताल पुर्‍याउँदा चिकित्सकहरूले उनको मृत्यु भइसकेको घोषणा गरे ।

एक जना डक्टरको कुटाइबाट श्रीमतीको ज्यान गयो । समाजमा देउताको उपमासमेत दिइने डक्टरले मरणासन्न हुने गरी श्रीमती कुट्नु र त्यो पनि दाइजो नल्याएको निहुँमा, जो सुन्दैमा पनि आङ सिरिङ्ग हुन्छ ।

नारायणी अस्पतालका डक्टर सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमती सुनितादेवी यादवको ज्यान गएपछि माइती पक्षले दाइजोकै निहुँमा हत्या भएको भन्दै दोषीलाई कडा कारबाहीको मागसहित आन्दोलनमा उत्रेका छन् । कारण जे सुकै होस् २१ औँ शताब्दीमा पनि आफ्नै श्रीमतीलाई मरणासन्न हुने गरी कुट्ने र कुटाइबाटै ज्यान जानुले समाज कहाँ छ भन्ने छर्लङ्ग हुन्छ ।

पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको गाडीले एउटा स्कुटरलाई ठक्कर दिएर कुदेको विषयले सामाजिक सञ्जाललाई तताएको छ । नतताओस् पो कसरी, काम होस् या बेकाम, तरकारी किन्न निस्केको होस् मन्दिर ढोगेर फर्केको होस् अगुवा पछुवा लगाएर साइरन सुसाउँदै सडकमा मनलाग्दी हुक्याउने अघोषित परम्पराबाट बाट उसै पनि नागरिकहरु आजित छन् त्यसैमाथि जिकज्याक गरी कुदाइएको स्कर्टिङले सर्वसाधारणलाई लडाएरै हिँडेपछि चौतर्फी विरोध हुनु अस्वाभाविक होइन ।

दुर्घटना न जानाजान गरिन्छ न त बाजा बजाएर नै आउँछ । तर, मानवीय त्रुटिका कारण हुने दुर्घटनामा जो कोहीमा पनि मानवीयता भने अवश्य हुनु पर्छ । त्यसमा पनि सुरक्षाकर्मी, जो हरेक नागरिकका आपतविपदहरुको सारथी हो । उसैले सर्वसाधारणलाई सडकमा ढलाएपछि गाडी रोकेर के कति क्षति या चोटपटक लाग्यो, रोकेर हेर्न पर्थ्यो तर वास्तै नगरी हुँइकिएपछि यहाँ पनि नियम कानुनभन्दा पहिला मानवीयता प्रष्टिन्छ । भीआईपीको सुरक्षाका लागि सर्वसाधारण नागरिक असुरक्षित हुनु समाजका लागि सोचनिय विषय हो ।

साता दिन भित्र मिडियामा आएका प्रतिनिधि घटना मात्रै हुन् यी । हाम्रो समाज कतातिर गइरहेको छ भन्ने दर्साउनका लागि यी तीन वटा घटना मात्रै काफी छन् । हरेक दिन यस्ता कैयौँ घटना घटिरहेका छन् । सबै मिडियामा आउँदैनन् । न त मिडिया त्यहाँसम्म पुग्छ न त घटना नै मिडियासम्म पुग्छन् । जसले घटना घटाउँछ, उसैलाई मात्र थाहा हुन्छ, या त जो पीडित बन्छ उसैको मात्र भोगाई हुन्छ ।

हुन त यात्रुले ट्याक्सीमा बिर्सेर गएको लाखौँको धनमाल प्रहरीलाई बुझाउने ट्याक्सी चालक पनि छन् । अनि आफ्नै तलब तथा व्यक्तिगत खर्चबाट बिरामीको सेवा गर्ने डक्टरहरू पनि छन् र आफू र आफ्नो परिवारको परवाह नगरी देश र जनताको लागि हाँसिहाँसी ज्यानको आहुति दिने सुरक्षाकर्मीहरू पनि छन् तर समाजमा सयौँ राम्रा काम हुँदा एउटा मात्रै नराम्रो भयो भने नराम्रोले राम्रोलाई ओझेलमा पार्छ । संसारमा जहाँ कहीँ पनि हुने यस्तै हो तर, ऋषिमुनीहरुले तपस्या गरेको र अलौकिक अध्यात्म शक्ति बोकेको सुन्दर, शान्त देश नेपालमा पछिल्लो समय ‘मानवीयता’को खडेरी असाध्यै खड्किदै गएको छ । हरेक दिन जसो हत्या, हिंसा र बलात्कारका समाचार आउनु अनि जता हेर्‍यो त्यतै असन्तुष्टि देखिनु पछाडिका कारण खोज्न अब ढिलाइ हुन हुँदैन ।

कलिला नानीहरू अभिभावकबाटै बलात्कृत भइरहेकोदेखि जन्मदाता आमाबुबाहरू अपहेलित अवस्थामा घरको पिँढी, वेवारिसे रूपमा सडकको छिँडी अनि अत्यास लाग्दा वृद्धाश्रमहरुमा जीवनका उत्तरार्द्ध कटाउनु परिरहेको अवस्थाबारे कहिलेसम्म अनविज्ञ रहने ?

नराम्रा कामहरुले समाज ढाक्दै गर्दा यदाकदा हुने गरेको राम्रा कामहरु पनि ओझेलमा पर्न गएका छन् । राम्रा कामहरू बिस्तारै ओझेलमा पर्दै गर्दा र नराम्राहरू समाजमा स्थापित हुँदै जाँदा भावी पुस्ताहरूले त्यसैलाई सिको गरिरहेको कुरालाई पनि नजरअन्दाज गर्न मिल्दैन । व्यक्ति-व्यक्ति मिलेर परिवार अनि परिवार-परिवार मिलेर समाज र समाज-समाज मिलेर राष्ट्र बन्ने हुँदा परिवारबाटै हरेक व्यक्तिलाई सु-संस्कारित बनाउँदै लैजान ढिलाइ हुन हुँदैन । जुन कुनै मुलुक जतिसुकै जे सुकै होस् त्यहाँका नागरिकहरूको व्यवहार नै सभ्यता, संस्कृति र सम्पन्नताको कडी हो ।

मानवजातिका लागि सबैभन्दा महत्त्वपूर्ण चिज ‘मानवीयता’ र ‘संवेदनशीलता’ हराउँदै गएकोबारे सरकारी तवरबाट नै प्रयास गर्ने बेला आइसकेको छ ।