१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिलेमा तीनसय पर्यटक अलपत्र

अ+ अ-

धनकुटा । अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सवमा सहभागी हुन पुगेका करिब ३०० पर्यटक धनकुटाको हिलेमा अलपत्र परेका छन्। स्थानीय प्रशासनले कार्यक्रमस्थल जान नदिएपछि पर्यटकहरु बिचमै अलपत्र परेका हुन् ।

तीनजुरे, मिल्के जलजलेको गुफापोखरीमा चैत्र २२ देखि २७ सम्म हुने भनिएको महोत्सवका लागि आएका पर्यटकहरुलाई स्थानीय प्रशासनले कार्यक्रमस्थल जान रोक लगाएको हो । महोत्सवमा लागूपदार्थको प्रयोग, अश्लील गतिविधि हुने भन्दै स्थानीय प्रशासनले रोक लगाएको बताइएको छ ।

कार्यक्रमका लागि संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ र २ कार्यालय तथा तेह्रथुमको मेन्छेयम गाउँपालिका ६ नम्बर कार्यालयसँग कार्यक्रमस्थलको पुर्व अनुमति लिएको हो ।

पर्यटन प्रवर्धनका लागि आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सवको लागि नेपाल सरकारबाट पनि अनुमति लिइएको भए पनि प्रहरीले बाटो छेकेर जान नदिएको बताइएको छ ।

कार्यक्रममा सहभागी हुन आएका पर्यटक हिलेमा अलपत्र परेपछि लगातारको वर्षाका कारण कतिपय बिरामी परेको र बस्ने सिमित होटलका कारण सयौ पर्यटक खाली भुईमा सुतेका छन।

अघिल्लो वर्ष पनि शक्तिपीक म्युजिक प्रालिले तीनजुरे मिल्के जलजले क्षेत्रमा यस्तै सांस्कृतिक महोत्सव गरेको थियो।

यता धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले माथिको आदेशले रोक लगाएको बताएका छन्।

यस्तै, संखुवासभाका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अनैतिक, गैरकानुनी क्रियाकलाप, अश्लील कार्य हुने भन्ने पूर्व जानकारीका आधारमा रोक लगाएको बताए ।

फेस्टिबल आयोजना गर्न लागिएको स्थानका डेढ सय होमस्टे विदेशी पाहुनाका लागि एक महिना अघिदेखि नै रिजर्भ गरिएको मादी नगरपालिका ९ का वडाध्यक्ष पाशाङ शेर्पाले बताए।

प्रहरी प्रशासनले कार्यक्रम रोक लगाएकोबारे आयोजकले उच्च अदालत विराटनगर धनकुटा इजलासमा रिट दर्ता गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस