२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुआब्जा विवादले रोकियो सडक विस्तारको काम

अ+ अ-

काठमाडौं । मुआब्जा विवादका कारण ललितपुरको सबैभन्दा व्यस्त सडक विस्तारको काम अघि बढ्न सकेको छैन ।

लगनखेलदेखि सातदोबाटोसम्मको सडकमा स्थानीयबासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडक विस्तारको काम रोकिएको हो ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार मुआब्जा माग गरेपछि सडकमा २० प्रतिशतमात्रै काम भएको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेका कारण सडक निर्माण अघि बढ्न सकेको छैन । अदालतको अर्को आदेश नआउँदासम्म सडक विस्तारको काम अघि बढाउन नसकिने  आयोजनाले जनाएको छ ।

उपत्यकामा विस्तारका क्रममा रहेका अन्यत्रका सडकमा जस्तै उक्त सडकमा स्थानीयवासीले घर र जग्गा दुवैको क्षतिपूर्ति माग गर्दै आएका छन् । पटकपटक अनुरोध गर्दासमेत सम्बन्धित निकायले भएका संरचना हटाउन चासो नदिएको आयोजनाले बताएको छ । विद्युतको पोललगायतका संरचना हटाउन सकिएको छैन ।

त्यस्तै, स्थानीयवासीले लगनखेलस्थित वटुकभैरव मन्दिरको पर्खाल भत्काउन मानेका छैनन् । सडक सम्पन्न हुनुपर्ने अवधि सकिएर थप भएको अवधिमा समेत काम रोकिएको छ ।

उक्त सडकको निर्माण वि.सं. २०७३ जेठमा शुरु भएको थियो ।

पहिलोपटकको ठेक्का सम्झौताअनुसार वि.सं. २०७४ असोजमा म्याद सकिएपछि आयोजनाले एक वर्ष थपेको थियो ।

ललितपुरमा पाँच सडकमा विस्तारको काम मुआब्जाकै कारण रोकिएको छ । उपत्यकाभित्र काठमाडौंमा पाँच र भक्तपुरको एक सडकमा विस्तारको काम शुरु भएको थियो ।