२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारबाट बाहिरिने निर्णय भएको छैन : अध्यक्ष यादव

अ+ अ-

खोटाङ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीमा सरकारबाट बाहिरिने निर्णय नभएको बताएका छन् । दिक्तेलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, संघीय गणतन्त्र, समावेशीता र पहिचानको मुद्दालाई संस्थागत गर्ने मुद्दा पूरा नहुने अवस्था आएमा मात्र आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए ।

राजनीतिक कारण, मधेशी, आदिवासी, जनजाति, महिला, दलित र पिछिडिएका वर्गका मुद्दा अहिले पनि सम्बोधन हुन बाँकी रहेको उपप्रधानमन्त्री यादवले बताए ।

‘हामीले उठाएका मुद्दालाई सम्बोधन गरेर जाने समझदारीअनुसार हामी सरकारमा गएका हौँ”, उनले भने, ‘जुन कामका लागि हामी सरकारमा समावेश भयौँ, त्यो भएन भने, हुन नसक्ने स्थिति भयो भने या गर्दिन भन्ने भयो भने त्यो बेला मात्र हाम्रो बाटो फरक हुन सक्छ ।’

उपप्रधानमन्त्री यादवलले मुलुकलाई गाँठो परेर बस्नबाट जोगाउँदै संविधान संशोधन लगायतका काम पूरा गर्न आफ्नो पार्टी सरकारमा सहभागी भएको स्पष्ट पारे । “हामी आएर यो सरकार बनेको पनि होइन । हामी नआउँदा सरकारको बहुमत जान्छ भन्ने पनि होइन ।

दुई तिहाइ पुर्‍याउन हाम्रो आवश्यकता थियो’, उनले भने, ‘संविधान संशोधनलगायत व्यवस्था सुधारको काम अगाडि बढोस् । हाम्रो पार्टी सरकारमा निश्चित लक्ष्यका लागि गएको हो । अन्यथा जुनसुकै समयमा बाहिरिन सक्छौँ ।’

उपप्रधानमन्त्री यादवलले गोजीमा पैसा नहुँदा उपचार गर्न नसकेर ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले स्वास्थ्य नीति कार्यान्वयन थालेको जानकारी दिए । ‘सरकारले हरेक जनतालाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने लक्ष्य लिएको छ’, उनले भने, ‘स्वास्थ्य नीति लागू भएपछि कुनै पनि व्यक्ति उपचार खर्च अभावमा स्वास्थ्य उपचारबाट वञ्चित हुनुपर्दैन ।’