२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाहुनालाई भानु भूमिको माटो उपहार

अ+ अ-

दमौली । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा हुने अन्तर्राष्ट्रिय कवि सम्मेलनका सहभागीलाई भानु भूमिको माटो उपहार दिइने भएको छ ।

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजनामा यही चैत ३० गते शनिबार भानु नगरपालिका–५ चुँदीरम्घामा हुनलागेको सम्मेलनमा आउने साहित्यकारलाई माटो उपहार दिन लागिएको हो ।

मञ्चका अध्यक्ष आकाश अधिकारीले भानुभक्त आचार्यको योगदान स्मरण गराउने उद्देश्यले भानुभक्तकालीन बिर्खे टोपी र भानुभक्तको जन्मघरको माटो उपहारका रुपमा प्रदान गर्न लागिएको जानकारी दिए । उनले भने, ‘माटो र टोपी सम्झनाको रुपमा चिनो दिँदा भानुको योगदान स्मरण गर्न टेवा पुग्ने विश्वास लिएका छौँ ।’

साहित्यकार क्षेत्रप्रताप अधिकारीको स्मृति दिवसको अवसर पारेर भानुभक्तको जन्मगाउँमै अन्तर्राष्ट्रिय कवि सम्मेलन हुँदैछ । सम्मेलनमा अमेरिका, म्यान्मा, भारत, भूटान, बङ्गलादेश, चीन, जापान र नेपाललगायतका साहित्यकारको सहभागिता रहने मञ्चले जनाएको छ ।

आयोजकका अनुसार साहित्यिक सम्मेलनमा देशभरबाट पाँच दर्जन बढी कवि र साहित्यकार सहभागी हुनेछन् । साहित्यिक कार्यक्रम दुई चरणमा हुनेछ ।

टाढाबाट आउने साहित्यकारलाई आज शुक्रबार भानुको जन्मस्थल नजिकै रहेको रानागाउँ भालडाँडा घरबासमा बास बस्ने व्यवस्था मिलाइएको छ । आजै साँझ घरबासमा सांस्कृतिक कार्यक्रम गरिने आयोजक मूल समारोह समितिका सदस्य शिव आर्य खड्काले जानकारी दिए ।

साहित्यकार भोलि आइतबार बिहान रानागाउँदेखि नौमती बाजासहित पदयात्रा गरी भानुको जन्मघर शिखर कटेरीमा पुग्नेछन् । भोलि नै चुँदीरम्घाबेँसीस्थित भानु जन्मस्थल विकास समितिमा आयोजित कार्यक्रममा क्षेत्रप्रताप स्मृति साहित्यिक पुरस्कार मोहन दुवाल, गीतल प्रभात पुरस्कार वीरु लम्साल र दुर्गा किरण तिवारीलाई प्रदान गर्ने कार्यक्रम रहेको छ ।

अन्तर्राष्ट्रिय कवि सम्मेलनले आदिकवि भानुभक्तको योगदानलाई संसारभरि फैलाउन तथा भानुको जन्मस्थललाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गर्न टेवा पुग्ने नगरपालिका प्रमुख उदयराज गौलीले बताए ।