४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाटक ‘बाकस’ मञ्चन

अ+ अ-

पोखरा । पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बाकस’ मञ्चन भइरहेको छ ।

पोखरा थिएटरको छैटौँ प्रस्तुतिको रूपमा यही वैशाख ६ बाट मञ्चन भइरहेको नाटक २१ गतेसम्म निरन्तर मञ्चन हुनेछ ।

नाटक हेर्ने दर्शकको सङ्ख्या बढ्दै गएको पोखरा थिएटरले जनाएको छ । नाटकले देशको समसामयिक विषयवस्तुको चित्रण गरेको छ । यसअघि पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भएका नाटकभन्दा फरकपना यस नाटकमा देखिएको दर्शकको भनाइ रहेको छ ।

यही नाटकबाट २५ वर्षपछि नाटक निर्देशनमा सरुभक्त श्रेष्ठले ‘कमब्याक’ गरेका छन् । उनको २५ वर्षको कमब्याकलाई ओजिलो बनाउन कलाकारले भरमग्दुर प्रयास गरेका छन् । नाटकलाई सरुभक्त श्रेष्ठले नै लेखेका हुन् ।

नाटक बाकसमा परिवर्तन, प्रमिला तुलाचन, दिलप्रसाद गुरुङ, नवराज गिरी, रमेशबाबु तिमल्सिना, निश्चल विमल, शरद भण्डारी, बुद्धि खनाल, सोनिया खत्री, ईश्वर कार्की, जनक पराजुली, विष्णु तिमिल्सिना, सङ्गम लामिछाने, पार्वती थापा, दीक्षा कार्कीको अभिनय रहेको छ ।

यसैगरी प्रतिभा अधिकारी, अञ्जु दाहाल, नारायण क्षेत्री, विजोन उदास, धुव्र पौडेल, निशान ताम्राकार, विक्रम उदास, प्रतिक घिमिरे आदि कलाकारको अभिनय हेर्न पाइनेछ ।

पोखरा थिएटरको गन्धर्व नाटकघर सञ्चालन भएपछि मञ्चन हुने यो ३० औँ नाटक हो । नाटक हरेक साँझ ५ बजे र शनिबार अतिरिक्त ‘सो’ का रुपमा दिउँसो एक बजेसमेत मञ्चन हुनेछ । नाटक हेर्न तीन सय र पाँच सयको टिकट लाग्नेछ । बुकिङमार्फत समेत नाटकलाई मञ्चन गर्ने तयारी थिएटरले गरेको सञ्चालक दिलप्रसाद गुरुङले जानकारी दिए । रासस