९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी भ्रमणका लागि कर्णाली सरकारलाई निम्तो

अ+ अ-

प्रदेश नं ५ सरकारले कर्णाली प्रदेश सरकारलाई लुम्बिनी भ्रमणका लागि निम्तो पठाएको छ । आगामी जेठ ४ गते बुद्ध जन्मजयन्तीका दिन उद्घाटन हुने ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ को समारोहमा सहभागिताका लागि कर्णाली प्रदेश सरकारलाई निम्तो आएको हो ।

यहाँ आज आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत प्रदेश नं ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले दिएको निम्तो कर्णाली प्रदेशका पर्यटनमन्त्री नन्दसिंह बुढालाई दिइएको छ । सोही निम्तोलाई ग्रहण गर्दै पर्यटनमन्त्री बुढाले कर्णाली प्रदेश सरकारले आफ्नो अर्थपूर्ण उपस्थिति देखाउने बताए ।

‘भ्रमणमा सहभागी हुन निम्तो दिएकामा धन्यवाद छ’, उनले भने, ‘भूगोल जोडिएकाले अब लुम्बिनी आउने पर्यटकलाई कर्णालीमा ल्याउने वातावरण सिर्जना गर्नुपर्दछ ।’

बुद्धका १२ धाममा डोल्पाको से–गुम्बा पनि एक भएको जनाउँदै पर्यटनमन्त्री बुढाले भने, ‘निकट भविश्यमै निर्माण कार्य सम्पन्न हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बाह्य पर्यटकको आगमन बढ्छ र त्यसले प्रदेश नं ५ का साथै कर्णाली प्रदेशको पर्यटन विकास तथा आर्थिक समृद्धिमा टेवा पुग्छ ।’

लुम्बिनीमा आउने पर्यटकलाई कर्णाली नआए यात्रा सपना अपूरो र यात्रा अधुरो हुने परिस्थिति खडा गर्न एक अर्को प्रदेशमा समन्वय हुनुपर्नेमा उनको जोड थियो । कर्णाली प्रदेश सरकारले पनि १०१ पर्यटकीयस्थल पहिचान गरेकाले भ्रमण गरेर आनन्द लिन उनले आग्रह गरे।

प्रदेश नं ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत केशवबहादुर सुनारले पर्यटनमन्त्री गिरीले जारी गरेको प्रेस विज्ञप्ति वाचन गर्दै प्रदेश नं ५ सरकारको ‘समृद्ध प्रदेश, खुशी जनता’ को नारालाई सार्थक तुल्याउनका लागि कर्णालीवासीलाई लुम्बिनी भ्रमणमा आउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस