काठमाडौँ । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकले आफ्नो बाँकी जेल सजाय घरमै नजरबन्दमा बिताउने भएका छन् ।
अदालतले घरमै नजरबन्दमा राखेर बाँकी सजाय भुक्तान गर्न अनुमति दिएपछि उनलाई तत्कालै क्वालालम्पुरस्थित आफ्नै निवासमा स्थानान्तरण गरिएको हो । अदालतको नयाँ आदेशअनुसार नजिबले एसआरसी इन्टरनेसनल एसडीएन बीएचडी प्रकरणमा पाएको बाँकी कैद सजाय घरमै नजरबन्दमा बिताउन पाउनेछन् ।
उक्त आदेश आगामी सन् २०२८ अगस्ट २३ सम्म लागू हुनेछ । यससँगै नजिबले कारागारमा नभई आफ्नै निवासमा नजरबन्दमा रहेर बाँकी सजाय पूरा गर्ने भएका छन् ।





