२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५२ जना प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन गरे ।

नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को २०७६ वैशाख २० गतेको निर्णयले ५४ जना पदोन्नति भएका छन् । कार्यक्रममा ५२ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् भने १ जना हाल संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत र १ जना क्रिया बिदामा रहेका छन् ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठन सर्वोत्कृष्ट बनाउन अझै तीव्रता र दृढताकासाथ नेपाल सरकारको नीति अनुसार जिम्मेवार भएर काम गर्न निर्देशन दिए । पदोन्नतिसँगै थप जिम्मेवार र लगनशील भई तोकेको दायित्व पुरा गर्नुपर्ने चर्चा गर्दै उनले भने, ‘विगतका नराम्रा बानी भए सबै छोडनुस्, नयाँ काम गर्न थप उर्जाका साथ तयार र एकजुट हुनुस् ।’

पदोन्नति अघि जुनिएर प्रहरी अधिकृतको रुपमा काम गरी उनीहरुका भावना, पीडा, मर्का र अवस्थाको जानकार भई ती कर्मचारीसँग सामिप्यता राखी काम गरेको अनुभवले अब सिनियर प्रहरी अधिकृतसँग पुलको रुपमा काम गरी संगठनको श्रीवृद्धिमा ठूलो भूमिका निर्वाह गर्ने दायित्व आएको प्रहरी महानिरीक्षक खनालले बताए ।

संगठनका १० बुँदे प्राथमिकतालाई मनन गरी तल्लो तहसम्म जानकारी गराउन र अक्षरस पालना गराउन उनले निर्देशन दिए । प्रहरी महानिरीक्षक खनालले विध्वंसात्मक एवं गैर संवैधानिक गतिविधि नियन्त्रण गर्न संगठनको नीति निर्देशन र कानुनी प्रावधानमा रही विवेकपूर्ण निर्ममताकासाथ निडर भई स्पष्ट रुपमा अगाडि बढ्न निर्देशन दिए । हरेक काममा दक्ष हुनेतर्फ ध्यान दिई संगठनको मेरुदण्डको रुपमा रहेका मातहतका( कर्मचारीहरुलाई हौसला र प्रेरणा जगाउने गरी उर्जाका साथ काम गराउनुपर्ने विचार उनले व्यक्त गरे ।

आर्थिक अनियमितता रोक्नेतर्फ सबै लाग्नुपर्ने चर्चा गर्दै उनले गैर व्यावसायिक चरित्र प्रदर्शन गरेमा जो कोही पनि सजायको भागिदार हुने भएकोले सचेत भएर पारदर्शी रुपमा अगाडि बढ्नुस् भने । पछिल्लो समय नेपाल प्रहरीले नराम्रो गर्छ भन्ने जनमानसको भावना घटेको पाइएको चर्चा गर्दै उनले आगामी दिनमा अझै विवेक पुर्‍याएर काम गरी प्रहरीको छविमा उल्लेखनीय सुधार ल्याउनेतर्फ सबै कटिबद्ध हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरुकोतर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी निरीक्षक सुरेश कुमार ठाकुरले प्रहरी संगठनका प्राथमिकता, नीति नियम र समुदाय(प्रहरी साझेदारी कार्यक्रमप्रति कटिबद्ध भई संगठनको शिर झुक्न नदिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।