२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वडा : एक स्वास्थ्य केन्द्र स्थापना हुने

अ+ अ-

तनहुँ । तनहुँको व्यास नगरपालिकाको छ वडामा स्वास्थ्य केन्द्र स्थापना हुने भएको छ । यसअघि स्वास्थ्य संस्था नभएका ठाउँमा नयाँ सो केन्द्र स्थापना हुन लागेको हो ।

व्यास नगरपालिकाको वडा नं १, २, ४, ५, ७ र १० मा नयाँ स्वास्थ्य केन्द्र स्थापनाको तयारी अन्तिम चरणमा पुगेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । जनतामा उपचारको पहुँच विस्तारका लागि स्वास्थ्य संस्था नभएका वडामा पहिलो चरणमा भवनसमेत निर्माण गरी सेवा प्रदान गर्न लागिएको उल्लेख गर्दै उनले स्वास्थ्यचौकी स्थापना र कर्मचारी राख्नका लागि स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध गराउने भएको जानकारी दिए ।

व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र न्यौपानेले पनि नगर कार्यपालिकाको बैठकले ठाउँको टुङ्गो लगाउने तर ठाउँ नभएसम्म तत्कालका लागि कोठा भाडामा समेत लिएर केन्द्र सञ्चालन गर्न सकिने बताए ।

स्वास्थ्य केन्द्र सञ्चालनका लागि नगरपालिकाले स्वास्थ्य सहायकका साथै दुई, स्टाफ नर्स दुई, अहेव चार, अनमी चार र कार्यालय सहयोगी छ जनाको माग गरी विज्ञापन प्रकाशित गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।

वडामा रहेको जनसङ्ख्याको आधारमा स्वास्थ्यचौकी पहिलो र दोस्रो गरी वर्गीकरण गरिएको छ । सोही आधारमा पहिलोका लागि रू ६३ लाख ४६ हजार र दोस्रोका लागि रू. ३८ लाख ८६ हजार भवन निर्माणका लागि उपलब्ध गराइने भएको छ । सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा समेत दुई वर्षभित्र स्वास्थ्य संस्था नभएका वडामा न्यूनतम एक स्वास्थ्य संस्था स्थापना गर्ने निर्णय गरेको थियो ।

व्यास नगरपालिकाले पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीस्थित भोर्लेटारचोकमा सार्वजनिक शौचालय निर्माणको प्रक्रियासमेत अगाडि बढाएको छ । गण्डकी प्रदेश सरकारको रु १० लाख सहयोगमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको हो । नगरप्रमुख न्यौपानेले शौचालय निर्माणका लागि सार्वजनिक जग्गा खोजी भइरहेको जानकारी दिए । त्यस्तै नगरपालिकाको नयाँ नगरस्तरीय पुस्तकालय भवन निर्माण पूरा हुन लागेको समेत उनले जानकारी दिए ।