२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच वटा विद्यालयलाई ल्यापटप वितरण

अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका पाँच वटा विद्यालयलाई बिहीबार ल्यापटप उपलब्ध गराइएको छ ।

सामुदायिक विद्यालयमा आधुनिक सूचना प्रविधिको पहुँच वृद्धि गरी प्रशासनिक र शिक्षण विधिमा सुधार गर्न सहयोग पुर्‍याउने उद्देश्यले १५ थान ल्यापटप वितरण गरिएको हो ।

दक्षिण कोरियाको अम हङ गिल हुमन फाउण्डेशनले महादेव मावि बेगलाई चार, अमर मावि चिमखोलालाई तीन, मुक्तिधाम मावि भगवतीलाई चार, ज्ञानोदय मावि मौवाफाँटलाई दुई र रघुगङ्गा मावि पिप्लेलाई दुई थान ल्यापटप उपलब्ध गराएको हो ।

भगवतीको मुक्तिधाम माविमा आयोजित समारोहमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षहरुलाई ल्यापटप वितरण गरेकी थिइन् ।

बेनीको प्रकाश माविलाई चार र म्याग्दी सामुदायिक पुस्तकालयलाई एक थान ल्यापटप उपलब्ध गराइने मन्त्री थापाका स्वकीय अधिकृत हस्तकुमार थापाले जानकारी दिए ।

यसैगरी मन्त्री थापाले बिहीबार नै भगवतीमा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै सामाजिक रुपान्तरणका लागि महिलाको आर्थिक सशक्तीकरणमा सरकारले जोड दिएको बताए ।

‘महिला आयआर्जनको माध्यमबाट आर्थिक रुपमा सक्षम बन्न आवश्यक छ,’ थापाले भने, ‘त्यसका लागि सरकारले पिछडिएका महिलाहरुको आयआर्जन सुधारमा जोड दिएर बजेट, नीति तथा कार्यक्रम ल्याएको छ ।’
भौगोलिक रुपमा दुर्गम, विकट र पिछडिएका क्षेत्रका विपन्न समुदायका गर्भवतीहरुलाई सुरक्षित प्रसूति सेवाका लागि हेलिकप्टरबाट उद्धारको व्यवस्थासमेत मिलाएको उनले जानकारी दिए ।