२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेसलाई स्वतन्त्ररुपमा काम गर्न दिनुपर्छ : भीम रावल

अ+ अ-

बैतडी । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले प्रेसलाई स्वतन्त्ररुपमा काम गर्न दिनु पर्नेमा जोड दिएका छन् ।

सोमबार बैतडीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता रावलले प्रेसलाई अंकुश लगाउन नहुने बताएका छन् ।

उनले पत्रकार स्वयम् जिम्मेवार बन्नुपर्ने र प्रेसको अधिकार र स्वतन्त्रता कुण्ठित गर्न नहुने बताएका छन् । प्रेसलाई अंकुश लगाउने कुरा कल्पना पनि गर्न नसकिने भन्दै प्रेस राष्ट्रको चौथो अंग भएको स्पष्ट पारे ।

सुदूर पश्चिम प्रदेशका इन्चार्ज तथा पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रावलले बजेटमा सुदूरपश्चिम प्रदेश सधैं ठगिएको जिकिर गरे । उनले भने ‘सरकारले सुदूरपश्चिम प्रदेशलाई दिने बजेट गत वर्षभन्दा घटेर आएको छ , समाजबादको बाटोमा जान बजेट बढाउनु पर्छ ।’

उनले सुदूरपश्चिम प्रदेशलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेको बताए । पश्चिमसेतीलाई पनि अघि बढाउने हो भने सुदूरपश्चिमको मात्रै नभएर समग्र मुलुकको विकास हुने उनको भनाइ छ ।

निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई बिर्सन नहुने भन्दै उनले पछिल्लो समय सरकार र जनताबीच रिक्तता बढेको बताए । पार्टीले गलत गर्‍यो भने खबरदारी गर्नुपर्छ भन्दै उनले पार्टी एकीकरणको लामो समय भइसक्दासमेत जिल्ला तथा स्थानीय तहमा एकीकरण नहुनुले पार्टीले ठूलो क्षति बेहोर्नुपरेको धारणा व्यक्त गरे ।

उनले सिके राउतले अझै पृथकतावादी समूह नत्यागेकाले तत्कालै विश्वास गर्न नहुनेमा पनि जोड दिए ।