१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राकृतिक सम्पदा संरक्षण गर्न सबै एकजुट हुनुपर्छ : सभामुख महरा

अ+ अ-

घोराही । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङको देउखुरी विभिन्न सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । लमही नगरपालिकाले विश्व वातावरण दिवसको अवसर पारेर आज यहाँ आयोजना गरेको वृहत वृक्षरोपण कार्यक्रममा उनले पछिल्लो समय विभिन्न बहानामा वन जङ्गल मास्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गरे ।

वन जङ्गल जोगाउन सामुदायिक वनका उपभोक्ता स्वयम् सक्रिय हुनुपर्ने सभामुख महराको धारणा थियो । उनले संघीय संसद्मा वातावरण परिवर्तनबारे बहस चलिरहेको बताए । प्राकृतिक सम्पदाको संरक्षण गर्न सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

“सबैको ध्यान वन जोगाउने तिर हुनुपर्छ । अनि मात्र नेपाललाई सधैँ हरियाली देख्न पाइन्छ’, सभामुख महराले भने । सो अवसरमा उनले लोपोन्मुख सतिसालको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा सांसद मेटमणि चौधरीले मुलुकलाई हरियालीको रुपमा विकास गर्न देशभर वृहत वृक्षरोपण तथा वनको संरक्षणको आवश्यकता रहेको बताए । लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसीले जिल्लाका स्थानीय तहलाई संघीय सरकार र प्रदेश सरकारको बजेटले छुन नसकेको गुनासो गरे ।