१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलो पूर्ण संस्थागत प्रसूति वडा घोषित

अ+ अ-

भोजपुर । जिल्लाको पूर्वी क्षेत्रमा रहेको अरुण गाउँपालिका–५ स्थित याकुलाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको छ । वडा क्षेत्रभित्रका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामै आएर सुरक्षित प्रसूति गराएकाले एक कार्यक्रमको आयोजना गरी वडालाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको हो ।

साविकको याकु गाविस रहेको यस वडाको सामुदायिक भवनमा आयोजित कार्यक्रमबीच पूर्वसंविधानसभाका सदस्य लोकमणि ढकालले प्रदेश नं १ मै पहिलो पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरेका हुन् । आर्थिक वर्ष २०७५÷७६ मा ६१ महिलाले स्वास्थ्य संस्थामा आएर सुत्केरी गराएको याकु स्वास्थ्यचौकीका प्रमुख भोजराज भण्डारीले बताए । त्यसमा ५ नं वडाभित्रका मात्र ३७ गर्भवतीमध्ये ३६ जनाले यही स्वास्थ्य संस्था र बाँकी एक जनाले धनकुटा अस्पतालमा गएर प्रसूति गराएका थिए ।

कार्यक्रममा अरुण गाउँपालिका प्रमुख गजेन्द्रबहादुर कार्की, उपप्रमुख बिनिता ढकाल, महिला स्वास्थ्य स्वंसेविकालगायत सरोकारवालाको उपस्थिति थियो । प्रमुख कार्कीले गाउँपालिका क्षेत्रका महिला तथा बच्चाको स्वास्थ्य सुरक्षाका लागि आफूहरुले विशेष योजना बनाएर काम गर्ने बताए । गाउँपालिकाले आफ्नो क्षेत्रमा सुत्केरीलाई कुखुराको भाले, चामल, ज्वानो, केही रकमसहितको प्याकेज पनि दिँदै आएको छ ।

दक्ष जनशक्ति, भौतिकलगायतका उपचारका चाहिने सामग्री उपलब्ध भएका कारण विगत १० वर्षदेखि भोजपुरको याकुस्थित स्वास्थ्य संस्था जिल्लामै नमूना स्वास्थ्य संस्थाको रूपमा परिचित छ । यसले पटक–पटक जनताको स्वास्थ्य उपचारमा राम्रो काम गरेको भन्दै पुरस्कारसमेत पाएको छ ।

उत्कृष्ट ४५ कर्मचारी सम्मानित

एशियन लाइफ इन्स्योरेन्स उपशाखा कार्यालय भोजपुरले अभिकर्ता तथा विजिनेस म्यानेजर विडीलाई सम्मान तथा अभिनन्दन गरेको छ । इन्स्योरेन्स आफ्ना कार्यालय मातहतका ५४ अभिकर्ता, विएम र विडीलाई सम्मान गरेको हो ।

शनिबार भोजपुर सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो । उत्कृष्टकार्य गर्ने अभिकर्ता र बिजनेस म्यानेजर तथा विडीलाई छनोट गरी सम्मान गरिएको उपशाखा प्रमुख राजन राईले जानकारी दिए । कार्यक्रममा प्रदेश नं १ का शाखा प्रमुख सुजन भण्डारी, बैंकका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । विसं २०६७ सालमा जिल्लामा स्थापना भएको उपशाखामा पाँच हजार विमित छन् भने अभिकर्ता ५०० रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस