२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्णसरसफाइ रणनीतिक योजना २०७६ सार्वजनिक

अ+ अ-

भक्तपुर । सूर्यविनायक नगरपालिकाले ‘पूर्णसरसफाइ रणनीतिक योजना २०७६’ सार्वजनिक गरेको छ । नगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेत र प्रदेश नं– ३ का प्रदेश सभा सदस्य शशीजङ्ग थापाले उक्त रणनीतिक योजना सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा सांसद बस्नेतले भक्तपुरमा सञ्चालन भइरहेको विभिन्न सरसफाइसँगै मानिसको व्यक्तिगत र संस्थागत सरसफाइ पनि गर्नु आवश्यक रहेको औंल्याए । उनले घरघरमा उत्पादन हुने फोहरमध्ये कुहिने फोहरलाई प्रत्येक मानिसले घरमै मल बनाएर व्यवस्थापन गरे फोहर निकै कम हुने बताउँदै नगरपालिकाले घरको नक्सापासमासमेत एक आना जग्गा बराबर एक बिरुवा रौप्नैपर्ने नियम बनाउनुपर्नेमा जोड दिए ।

उनले गत आवमा रु ८० करोडको लागतमा शुरु भएको हनुमन्ते करिडोर चालू आवमा आउने रु डेढअर्बको लागतमा निर्माण सम्पन्न भएसँगै अबका दुई वर्षमा हनुमन्तेमा सफा पानी बग्ने बताए । उनले सल्लाघरामा निर्माण हुन लागेको ट्रिटमेन्ट प्लानले भक्तपुर र चाँगुनारायण नगरपालिकाको तथा बालकुमारीमा निर्माण हुन लागेको ट्रिटमेन्ट प्लानले सूर्यविनायक र मध्यपुरको ढल प्रशोधन गर्ने तथा भएका समस्या समाधान हुने भनाइ राखे ।

प्रदेशसभा सदस्य थापाले सङ्घीय, प्रदेश र स्थानीय सरकारले सूर्यविनायकको विकासमा सक्दो टेवा पु¥याएको भन्दै सूर्यविनायक नमूनाको नगरपालिका बन्ने बताए । अर्का प्रदेशसभा सदस्य रजनी जोशी, नगरपालिकाका उपप्रमुख जुना बस्नेत, यूएन ह्याबिटेड्की प्रतिनिधि पार्वती दङ्गाललगायतले दुई वर्षभित्र सूर्यविनायक पूर्ण सरसफाइयुक्त नगरपालिका बन्ने बताए ।

नगरपालिकाका प्रमुख वासुदेव थापाले विसं २०७८ सम्ममा सूर्यविनायकको १० वटै वडालाई पूर्ण सरसफाइयुक्त र २०७९ मा सिङ्गो नगरपालिकालाई पूर्ण सरसफाइयुक्त नगरपालिका घोषणा गर्ने बताए ।