७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच किलोमिटरको भाडा एक सय तीस

अ+ अ-

म्याग्दी । बेनीको महारानी थानदेखि बेनी नगरपालिका–४ डाँडाखेत जोड्ने सडकमा यातायात सेवा दिने व्यवसायीले मनोमानी भाडा असुल्ने गरेका छन् ।

बेनी नगरपालिका, जिल्ला प्रशासन र यातायात व्यवसायीका प्रतिनिधिको बैठकबाट तय भएको भन्दा बढी भाडा असुलेका हुन् । सो सडक आसपासका थाकनपोखरी, डाँडाबारी, छापा, फुर्केसल्ला, कुँडुले, डाँडाखेत, सिस्नेराका बासिन्दा व्यवसायीको मनोमानीबाट ठगिएका छन् ।

महारानी थानदेखि डाँडाखेत हुँदै ठूलोखोलासम्मको कृषि सडकको दूरी ११ किलोमिटर छ । बेनीदेखि डाँडाबारीसम्मको २.५ किलोमिटर, फुर्केसल्ला पाँच किलोमिटर र डाँडाखेत सिस्नेरा आठ किलोमिटर छ । सो सडकमा राजन बानिया र शङ्कर किसानले जिपमार्फत यातायात सेवा दिँदै आएका छन् ।

सो सडकमा प्रतिकिलोमिटर १५ का दरले भाडादर कायम भएको थियो तर उनीहरूले पाँच किलोमिटर दूरीको फुर्केसल्लासम्म यात्रा गरेको १३० लिने गरेका छन् । बेनी नगरपालिका–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले बढी भाडा असुलेको गुनासोका बारेमा उपभोक्ताले लिखित उजुरी गरेको बताए ।

वडा अध्यक्ष पौडेलले बेनीदेखि डाँडाखेत जोड्ने सडकमा १०० प्रतिव्यक्ति भाडा कायम भएकोमा आफैँलाई समेत व्यवसायीले १३० लिएको बताए। बेनी–दरवाङ सडकको बेनीदेखि ठूलोखोलासम्मको विकल्प मानिएको यो सडकबाट बेनी नगरपालिका–४, ५ र ६ का बासिन्दाले सेवा लिँदै आएका छन् । यस क्षेत्रमा २०० भन्दा बढी घरधुरीको बसोबास छ । पछिल्लो केही वर्षयता यो सडकलाई करोडौँ रकम खर्चेर स्तरोन्नति पनि गरिएको छ ।

यातायात व्यवसायी बानियाँले डिजेलको मूल्य बढेको र कच्ची सडक भएसँगै गाडीको इञ्जिन बिग्रने, मर्मत खर्च बढी लाग्ने भएकाले आफूहरुले भाडा बढाएको प्रतिक्रिया दिए । गाडीमा नचढ्ने मोटरसाइकल भएकाले स्थानीयलाई आफूहरुका विरुद्ध उचालेको उनको भनाइ छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले लिखितरूपमा तोकिएकोभन्दा बढी भाडा लिएको विषयमा उजुरी नआएको र त्यस्तो सूचना पाएमा कारवाही गरिने बताए । म्याग्दीका अन्य ग्रामीण सडकमा चल्ने सवारी साधनहरुले पनि मनोमानी हिसाबले तोकिएको भन्दा बढी भाडा असुल्ने गरेको जनगुनासो छ ।

म्याग्दी यातायात प्रालिका कार्यवाहक अध्यक्ष लालबहादुर थापाले सामान ढुवानी र घरायसी प्रयोजनको मात्र अनुमति लिएका निजी गाडीले यात्रु बोकेर मनोमानी भाडा असुल्ने गरेको र त्यसको अपजस आफूहरुले भोग्नुपरेको बताए । रासस

प्रतिक्रिया दिनुहोस