२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४२ सयको उचाइमा अर्ग्यानिक याक चिज उद्योग

अ+ अ-

डोल्पा । माथिल्लो डोल्पास्थित ४२ सय मिटरको उचाइमा अर्ग्यानिक चिज उद्योगको सञ्चालनमा आएको छ । शे–फोक्सुण्डो गाँउपालिकाको भिजेरमा अर्गानीक चिज उद्योग सञ्चालन गरिएको हो ।

रिभाईबल अफ भिजेर नामक संस्थाले करोडौँको लगानीमा मुक्पोरोङ याक चिज उद्योग संचालनमा ल्याएको हो । स्वीस्जरल्यान्डका नागरिक किनोबाजे रनकोरोनीले स्वीसकन्सल्टेनटको लागानिमा रिभाईबल अफ भिजेरमार्फत भिजेरमा याक चिज उद्योगको स्थाना गरेका हुन् ।

माथिल्लो डोल्पाका नागरिकको आम्दानीको स्तर बृद्धि गर्नको लागि र पशुपालनमा उनिहरुको इच्छाशक्ति बढाउन मुक्पोरोङ याक चिज उद्योगको स्थापना गरेको सञ्चालक चन्द्र गूरुङले जानकारी दिए ।

२०७४ सालमा पहिलो पटक स्थापना भएको याक चिज उद्योगले पहिलो बर्ष तीन सय केजी चिज उत्पादन गरेको र यस बर्ष ६ सय ५० केजी उत्पादन गरेको चिज माष्टर मीनाकुमारी चिजीले जानकारी दिइन् ।

स्थानीयहरुको आम्दानीलाइ बृद्धि गर्ने पहिलो लक्ष्य रहेको र कम्तीमा पनि एक सय केजी गाँउलेले नै लैजाने गरेको र बाँकी सिधै काठमाण्डौ लैजाने गरेको चिज माष्टर चिजीले बताइन् ।

भिजेरका स्थानीयहरुले याक पालेका छन र हरेक दिन दुध धोएर उद्योगमा ल्याउने गर्दछन । कृषक अथवा स्थानीय याक पालकले प्रति लिटर ११५ रुपैयामा किन्ने र चिज उत्पादन गर्ने गरेको चिजी बताउछिन् ।

जुन महिना देखि अगष्ट सम्म चिज बनाउने उपयूक्त समय रहेकोले त्यस समयमा निकै ब्यस्त रहेर काम गरिने चिज उद्योगका कर्मचारीहरु बताउछन् ।

अरु जिल्लामा चिज उद्योग भएपनि डोल्पाको भिजेरमा रहेको मुक्पोरोङ याक चिज उद्योग नितान्त अर्गानीक चिज रहेकोले पनि नेपालमा यस्को माग बढ्दो रहेको गाँउपालिका उपाध्यक्ष धावा सम्डुक गूरुङले दावी गरे ।

भिजेरमा उत्पादन भएको याक चिज नेपाली पर्यटकलाइ २ हजार,स्थानीयलाइ १५ सय र बिदेशी पर्यटकलाइ ३ हजार भन्दा माथिको मुल्यामा प्रतिकेजीका दरले किक्री गर्ने गरेको उद्योग सञ्चलाकहरु बताउछन् ।

चिज उद्योगबाट आएको आम्दानीले भिजेरमा रहेको मुक्पोरोङ आधारभुत बिद्यालयमा लगानि गरेर भिजेरका गरिब असाय तथा न्यून आए भएका बालबालिकाको शिक्षामा लगानी गर्ने गरेको रिभाईबल अफ भिजेरका संयोजक चन्द्र गूरुङले जानकारी दिए ।

काठमाण्डौँको याक एण्ड यति र ह्यात होटल बाहेक अन्यत्र बाहिर कतैपनि डोल्पाको याक चिज नपाउने गरेको चिज माष्टर मीनाकुमारी चिजीले बताईन । उनले भनिन उक्त पाचतारे होटेका मालिकको समेत लगानी रहेको हुदा अन्यत्र माग भएपनी दिन नमिल्ने जानकारी दिईन ।

स्थानीय सरकारले अब यसलाइ अझै प्रोत्सान गर्दै गएको र अब यसै बर्ष याक फर्महरु समेतको स्थापना र ब्यवस्थापन गरि नेपालकै सबै भन्दा ठुलो अर्गानीक याक चिजको रुपमा पहिचान बनाउने शे–फोक्सुण्डो गाँउपालिकाको उपाध्यक्ष धावासम्डुक गूरुङले ठोकुवा गरे ।

चिज उद्योगबाट सुद्ध बटर पनि उत्पादन हुने तर ढुवानीको समस्याको कारण बटर काठमाण्डौ लैजान नसकिएको र स्थानीयले नै बटरको खबप गर्ने सञ्चालक चन्द्र गूरुङले जानकारी दिए ।

माथिल्लो डोल्पाको भिजेरमा याक चिज उद्योग स्थापना भएपछी स्थानीयहरुमा याक पाल्ने होडबाजी समेत चल्न थालेको छ । भिजेरमा रहेको याक चिज उद्योग डोल्पाकै सबैभन्दा ठुलो उद्योग हो ।

मुक्पोरोङ याक चिज उद्योगले उत्पादन गरेको याक चिज यार्सागुम्बा समेत रहेको जडिबुटी खाएका याकहरुको दुधबाट बन्ने हुदा स्वास्थ्यका लागि पनी निकै लाभदायक रहेको सञ्चालकको दावी रहेको छ ।

याक चिजको माग हरेक बर्ष बढ्दो रहेकोले ढुवानी ब्यवस्थापनमा चुनौति रहेकोले बाटो र ढुवानीको ब्यवस्था सहज गराउन जरुरी रहेको स्थानीय कार्मातार्के गूरुङले सरकारलाइ आग्रह गरे ।