२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनःनिर्माणको दोस्रो किस्ता लिन आह्वान

अ+ अ-

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कात्तिक मसान्तभित्र निजी आवास पुनःनिर्माणका लागि दोस्रो किस्ता अनुदान लिइसक्न आग्रह गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज यहाँ आयोजित कार्यक्रममा समयमा नै दोस्रो किस्ता लिएर घर पुनःनिर्माण गर्न भूकम्प पीडितलाई आग्रह गरेका हुन् ।

प्राधिकरणले २०७५ साल असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता लिने समय यही कात्तिक मसान्तसम्म तोकेको छ । सरकारले निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्तामा रु ५० हजार, दोस्रोमा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख अनुदान उपलब्ध गराउँदै आएको छ ।

निजी आवास पुनःनिर्माणका लागि सात लाख ७६ हजार ९१० लाभग्राहीसँग अनुदान सम्झौता भएको छ । त्यसमध्ये सात लाख ६८ हजार ५४९ लाभग्राहीले पहिलो, ६ लाख १२ हजार १०५ लाभग्राहीले दोस्रो र पाँच लाख सात हजार ४८ परिवारले तेस्रो किस्ता अनुदान लिइसकेका छन् ।

भूकम्पबाट क्षति भएकामध्ये चार लाख ६९ हजार २५९ घर पुनःनिर्माण भइसकेका छन् । एक लाख ९४ हजार ४५६ घर पुनःनिर्माणका क्रममा छन् । भूकम्प प्रभावित ३२ जिल्लामा ६० प्रतिशत घर पुनःनिर्माण सम्पन्न भए पनि ललितपुर जिल्लामा ३२ प्रतिशत लाभग्राहीले मात्र तेस्रो किस्ता लिएका छन् ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले शहरी क्षेत्रमा प्रत्येक घर पुनःनिर्माणमा ढिलाइ भएको कारण बुझ्न आवश्यक भएको भन्दै एक घर एक परियोजना बनाएर अघि बढ्न कर्मचारीलाई निर्देशन दिए । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार०का उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले शहरी क्षेत्रमा निजी आवास पुनःनिर्माणलाई द्रुत गतिमा अघि बढाउन सबैको सहयोग आवश्यक भएको भन्दै नभए अनुदान लिनबाट वञ्चित हुने बताए ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ललितपुर)का प्रमुख शिवराम गेलालले जिल्लामा प्रथम किस्ता लिई दोस्रो किस्ता नलिने, भूमिहीनले सम्झौता गर्न नसक्नु, आर्थिक अभाव हुनु, कम क्षेत्रफलको जग्गा हुनु, जग्गाको स्वामित्वसम्बन्धी विवाद हुनु, केही लाभग्राही निजी आवास पुनःनिर्माण गर्न इच्छुक नहुनुलगायतका समस्या रहेको बताएका थिए ।रासस