७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै समुदायले आत्मसम्मानपूर्वक बाँच्न पाउने : कानूनमन्त्री केसी

अ+ अ-

रुपन्देही । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशमा सबै नागरिकले सम्मानजनक तरिकाले बाँच्नसक्ने अवस्था सिर्जना हुने बताएका छन् ।

आज यहाँ आयोजित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सवालमा प्रदेशस्तरीय बहस कार्यक्रममा मन्त्री केसीले सबै समुदायले आत्मसम्मानपूर्वक बाँच्न पाउने कुरा मौलिक हकको विषय भएकाले यसको व्यावहारिक कार्यान्वयन जरुरी रहेको बताए ।

मन्त्री केसीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सवालमा सरकार गम्भीर रहेको बताउँदै आवश्यकता र मागलाई ध्यानमा राखेर प्रदेश सरकारले योजना बनाउने छ भने ।

उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि रोजगारीको अवसर सिर्जना गर्न लोक सेवा आयोगमा प्राथमिकता दिने गरी विशेष प्रस्ताव बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

एक्लोलाई साहारा दिने वृक्ष समूह रुपन्देहीलगायत विभिन्न संस्थाले आयोजना गरेको सो कार्यक्रममा प्रदेशसभाका सदस्य दीपा विश्वकर्माले सबै समुदायको भावनाको प्रतिनिधित्व हुनेगरी प्रदेशमा नीति तथा कानून बनाउने काम भइरहेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ का निर्देशक सम्झना शर्माले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीको सवालमा तीन तहकै सरकार गम्भीर बन्नुपर्ने धारणा राखे। नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतमले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान स्वीकार गरी अधिकार स्थापित गर्न स्थानीय तथा प्रदेश सरकारले नै भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधिले समाजकै अङ्ग भएर पनि स्थापित हुन अझै समस्या रहेकाले नागरिकता तथा पहिचानसहितको परिचयपत्र वितरण गर्न माग गरे ।

सुन्दर संसार बर्दियाका कार्यक्रम संयोजक काजल चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समाजले हेर्ने दृष्टिकोण अझै सकारात्मक बन्न नसकेको बताए । पश्चिम तारा नेपालगञ्जका संयोजक अङ्कित पुनले सरकारले अन्य जाति, वर्ग र समुदायलाई जस्तै यो समुदायलाई पनि कोटा निर्धारण गर्नुपर्ने माग गरे ।

मानव स्वास्थ्य समाज दाङका संयोजक शिल्पा चौधरीले राज्यका सबै तह र उपभोक्ता समितिका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिता र पहिचानसहितको नागरिकता दिन आग्रह गरे । नवजीवन संस्था कपिलवस्तुका संयोजक प्रेणा विष्टले समलिङ्गी विवाहलाई मान्यता दिन सरकारसँग माग गरे।

कार्यक्रममा अधिकारकर्मी आनिक राना, मनिला न्यौपाने, विनोद विसीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सवाललाई नीति तथा कार्यक्रममा समावेश गर्न प्रदेश र स्थानीय सरकारसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस