१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकवि विद्यापतिको सालिक पहाडमा पनि निर्माण गरिने : मन्त्री भट्टराई

अ+ अ-

जनकपुरधाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले मधेश–पहाडको एकता र संस्कृतिलाई सदृढ एवं भाषाको आदानप्रदानको योजना कार्यान्वयनको तयारी गरिरहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ धनुषाद्वारा आज जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा मन्त्री भट्टराईले मैथिली भाषाका महाकवि विद्यापति देशकै महाकवि भएको भावनालाई विस्तार गर्न पहाडमा विद्यापतिको सालिक निर्माणको तयारी गरिरहेको बताए ।

पहाडी जिल्लाहरू इलाम, दैलेख र डडेलधुरा लगायतका क्षेत्रमा महाकवि विद्यापतिको सालिक निर्माणको योजना सकारात्मकरूपमा अघि बढिरहेको उनले जानकारी दिए । मन्त्री भट्टराईले सरकारले प्रदेश नं. २ मा धार्मिक एवं सांस्कृतिक पर्यटन ‘सर्किट’ निर्माण गर्ने र रामायण सर्किट विस्तारको योजनाका बारेमा छलफल गरिरहेको बताए ।

पर्यटकीय प्रवर्द्धनका लागि अन्तरप्रदेश हवाई सेवा सञ्चालन तथा जनकपुरधामदेखि पशुपतिनाथ, पशुपतिनाथदेखि मुक्तिनाथ र मुक्तिनाथदेखि दामोदर कुण्डसम्म हवाई मार्ग विस्तार गर्ने गृह कार्य भइरहेको पनि उनले स्पष्ट गरे ।

उनले सरकारले जनकपुरधाम विमान स्थललाई क्षेत्रीय विमानस्थलमा विस्तार गर्ने र दामोदर कुण्ड नजिकै सबैभन्दा अधिक उचाइमा विमानस्थल निर्माण गर्ने तथा सोबाट पर्यटकीय आकर्षणमा वृद्धि हुने अवधारणा कार्यान्वयनको पक्षमा गृहकार्य गरिरहेको छ भने ।

मन्त्री भट्टराईले सरकारले सातै प्रदेशमा एउटा प्रमुख पर्यटकीय गन्तव्य स्थलको निर्माण गर्ने अवधारणा राखेको छ भन्दै प्रदेश नं. २ मा धार्मिक र सांस्कृतिक स्थललाई जोडने सर्किट निर्माणको आवश्यकतामा जोड दिए । प्रदेश नं. २ मा धार्मिक, सांस्कृतिक पर्यटनका साथै कृषि र औद्यागिक पर्यटनको विकास संभावना प्रबल रहेको चर्चा गर्दै उनले यसका पर्यटकीय विविधतामूलक योजना कार्यान्वयन गर्नु जरूरी छ भने ।

उनले जनकपुरधामको जानकी मन्दिर परिसरमा रहेको विवाह मण्डपलाई अन्तर्राष्ट्रियस्तरको वैवाहिक स्थलका रूपमा प्रवर्द्धनको खाँचौ औल्याए । मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० समापन वर्ष नमानी आधार वर्षका रूपमा लिई एक दशकसम्म पर्यटन पूर्वाधार विकासका कार्यतर्फ उन्मुख हुन जरूरी छ भने।

प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले आफ्नो मन्त्रालयमा पर्यटनका कुनै पनि कर्मचारी नभएका कारण पर्यटनसम्बन्धी विधेयक निर्माणमा जटिलता थपिँदै गएको प्रसङ्ग उल्लेख गरे।

शाखा अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का प्रदेश संयोजक मनिष झाले प्रदेश नं.२ मा व्यावसायिक पर्यटनको संस्कारको विकास हुने अभियान सञ्चालनको आवश्यकताामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस