२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हङ्‍कङ प्रदर्शनमा प्रहरीले चलायो गोली

अ+ अ-

हङ्‍कङमा सोमवार बिहान भएको विरोध प्रदर्शनको क्रममा प्रहरीले कम्तीमा एक जनामाथि गोली चलाएको छ। फेसबुकमा प्रत्यक्ष प्रसारण भएको भिडिओमा प्रहरी अधिकृतले बन्द गरिएको सडकमा एकजना प्रदर्शनकारीसँग भिड्नु अगाडि बन्दुक निकालेको देखिएको थियो।

अनुहार छोपेका अर्का एक प्रदर्शनकारीलाई ती अधिकृतले शरीरमा गोली प्रहार गरेका हुन्। मुठभेड भइरहँदा प्रहरीले थप दुई गोली चलाएपनि भिडिओमा त्यो गोली कसैलाई लागे नलागेको प्रष्ट छैन।

गोली लागेको व्यक्तिको शल्यक्रिया भइरहेको र उनको अवस्था गम्भीर रहेको अस्पतालसम्बन्धी अधिकारीले बताएका छन्। ती अधिकारीले अरूलाई गोली लागेको आफूलाई थाहा नभएको बताए।

जून महिनामा विरोध प्रदर्शन सुरु भएयता प्रहरीले गोली चलाएको यो तेस्रो पटक हो। पहिलो पटक अक्टोबर १ मा र दोस्रो पटक अक्टोबर ४ मा प्रहरीले गोली चलाएको थियो। सोमवार प्रदर्शनकारीहरूले उत्तरपूर्वी क्षेत्रको साई वान होमा सडकमा अवरोध गर्ने प्रयास गरेका थिए।

हङ्‍कङभरी नै मुठभेड भएका विवरणहरू सञ्चारमाध्यमहरूमा आएका छन्। अनलाइनमा देखिएको एक भिडिओमा एउटा प्रहरीको मोटरसाइकल जानीजानी प्रदर्शनकारीहरूसँग ठोक्काएको देखिएको छ। चाइनीज विश्वविद्यालयमा प्रदर्शनकारीहरूले ढुङ्गाले प्रहार गरेपछि प्रहरीले रबरको गोली प्रहार गरेका छन्। अन्यत्र प्रहरीले अश्रुग्यास प्रहार गरेका छन्।

प्रदर्शनकारीहरूले सडकमा अवरोध खडा गरेका कारण लामो ट्राफिक जाम देखिएको छ।

थुप्रै विश्वविद्यालयहरूले सोमवारको कक्षा रद्द गरेका छन्। गएको शुक्रवारअश्रुग्यास प्रहारपछि विद्यार्थीहरू भाग्दै गर्दा एक एकजना विद्यार्थीको मृत्यु भएपछि प्रदर्शन उग्र भएको हो। बीबीसी