२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईआईए नहुदाँ सडक बिस्तारमा ढिलाई, १० महिनामा ११ प्रतिशत मात्र काम

अ+ अ-

डोटी । सहजपुर बोगटान सडक वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) हुन नसक्दा सडक बिस्तारमा ढिलाई भएको छ ।

झण्डै ४० बर्षपछि कालोपत्रे हुन लागेको सहजपुर–बोगटान सडकको गएको फागुन ७ गते प्रधानमन्त्री केपीशर्मा ओलीले कालोपत्रेको उद्घाटन गरेका थिए ।

तर, ठेक्का सम्झौता भएको करीव एक बर्ष पुग्न लाग्दा कालोपत्रेको कामभने ११.५ प्रतिशत मात्रै काम भएकाले बोगटानबासीमा समयमा काम हुन्छ की हुन्न भन्ने सवालमा शंका उब्जेको छ

वातावरणीय प्रभाव मुल्याङ्ककनको काम नटुङ्गिदा कामगर्न ढिलाई भएको निर्माता कम्पनी पिआरएल–कुमार जेवीका आयोजना सम्पर्क प्रवर्द्धक ईश्वर बस्नेत बताउँछन् । ‘कालोपत्रे हुने ५० किलोमिटरमध्ये ४१ किलोमिटर वन क्षेत्रमा पर्छ’ बस्नेतले भने ‘ईआईएको प्रतिवेदन नआए सम्म कटानी आदेश आउँदैन, त्यसैले द्रुत गतिमा काम हुन सकिरहेको छैन ।’

उनले यस बिषयमा सरकारलाई पनिचाँसो नभएको समेत आरोप लगाए । आफुहरुले रुख छल्दै कामगर्दै गरिरहेको बताउँदै बस्नेत भन्छन् ‘यदि समयमै ईआईएको काम सकिने हो भने हामी तोकिएकै समयमा काम सम्पन्न गर्छौं ।’ उनले अर्को समस्या मुआव्जाको रहेको बताए । मुआव्जाको बिषयमा सम्झौतामा कुनै कुरा उल्लेख नभएको तर सडकमा पर्ने घर हटाउनु पर्ने अवस्था रहेको बस्नेत वताउँछन् ।

‘एक घर त पुरै भत्काउनु पर्छ, अन्य ६० घरहरुमा कसैको सिंडी, कसैको पाली, कसैको आँगन भत्काउनु पर्ने अवस्था छ’ बस्नेत भन्छन् ‘यस बिषयमा अहिले सम्म केही भएको छैन, मुआव्जा कसले दिने हो, दिने होकी होईन भन्ने विषयमा कुनै जानकारी छैन् ।’ यदि ईआईए र मुआव्जाको बिषय छिटो टुङ्गो लागे काम द्रुत गतिमा हुने उनी बताउँछन् । ‘हामीले १३ वटा मेसिन साईडमै राखेका छौं, दुई मेसिन फेरी आउँदै छन्’ उनले भने ‘तर मेसिन काम नपाएर थन्किएका छन् ।’ हाल तीन सय मजदुरले काम गरिरहेको वताउँदै बस्नेतले ४ सय मजदुर थप्ने तयारी भईरहेको समेत बताए ।

ईआईएको काम छिटै टुङ्गिने बताउँछिन् सडक सुधार तथा विकास आयोजना अन्तरगतको सहजपुर–बोगटान सडक आयोजना प्रमुख कल्पना अधिकारी । उनले भनिन् ‘ईआईएको काम अन्तिम चरणमा पुगिसकेको छ, अव एक/दुई महिनाभित्रै अन्तिम प्रतिवेदन आईसक्छ ।’ मुआव्जाको बिषयमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिको बैठक बसेर टुंग्याउने अधिकारीले जानकारी दिईन् ।

कैलालीको सहजपुरदेखि डोटी बडीकेदारको गाडेबाँज सम्म ५० किलोमिटर सडक कालो पत्रेका लागि ५ डिसिम्वर २०१८ पिएलआर–कुमार जेवीसंग सम्झौता भएको थियो । सम्झौता अनुसार १७ जुन सन २०२१ मा सात मिटर चौडा कालोपत्रे र कालोपत्रेको दाँया बाँया एक/एक मिटर सोल्जर (ग्रावेल) सडक निर्माण गरिसक्नु पर्नेछ । एक्जिम बैङ्क अफ ईन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको उक्त आयोजनाको सम्झौता रकम एक करोड, ९६ लाख, ९३ हजार, तीन सय १२ अमेरिकी डलर रहेको छ ।

२०३८ साल देखी कच्ची बाटोको रुपमा संचालनमा आएको सडक ३८ बर्ष पछी कालोपत्रे हुन लागेको हो । उक्त सडक बाट डोटीको बडीकेदार गाउँपालिका, बोगटान गाउँपालिका, जोरायल गाउँपािलका र कैलालीको चुरेगाउँपालिका स्थानीबासीहरु यात्रा गर्ने गर्दछन् ।