९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्‍त्रिपरिषद् हेरफेर गर्न बालुवाटारमा बैठक सुरु, आजै सपथग्रहणको तयारी

अ+ अ-

काठमाडौ. । मन्त्रिपरिषद् हेरफेर गर्न बालुवाटारमा बैठक सुरु भएको छ । मन्त्रिपरिषद पुनर्गठनको अन्तिम निर्णय गर्न बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु भएको हो । आजै मन्त्रिपरिषाद्को टुंगो लगाइ नयाँ मन्त्रीहरुको सपथग्रहणसमेत गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

बैठक अघि अध्यक्षद्वय शितलनिवास पुगेर राष्ट्रपतिसँग परामर्श गरेका थिए ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुको प्रारम्भिक सूची तयार पारिसकेका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन गरेका थिए। त्यसयता उनले २०७५ जेठमा तत्कालीन संघीय समाजवादी पार्टी (हाल समाजवादी) का नेताहरूलाई सरकारमा सहभागी गराएका थिए।

मंगलबार प्रधानमन्त्री ओलीले बालुवाटारमा आकांक्षी मन्त्रीहरूसँग एकल तथा सामूहिक भेटघाट गरेका थिए।

मन्त्रिपरिषद् हेरफेर गर्दा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा, खेलकुदमन्त्री जगत विश्वकर्मा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, श्रममन्त्री गोकर्ण विष्ट, खानेपानीमन्त्री विना मगर, भूमिसुधारमन्त्री पदमा अर्याल हटाइने तयारी भएको जनाइएको छ ।

नयाँ मन्‍त्री बन्‍ने सूचीमा सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, छविलाल विश्वकर्मा, जनार्दन शर्मा, देवेन्द्र पौडेल, प्रभु साह, पम्फा भुसाल, यज्ञराज सुनुवार, वसन्त नेम्वाङलगायत रहेका छन्।

प्रतिक्रिया दिनुहोस