२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बजार : परिसूचक ओरालो

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.६५ अङ्कले घटेर एक हजार १२८.३४ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ०.२५ अङ्कले घटेर २४८.६७ मा पुगेको छ ।

स्टकका अनुसार कुल १६५ कम्पनीका १० लाख ९७ हजार ९२० कित्ता शेयर रु तीस करोड ३७ लाख २४ हजार २०४ मा खरिदबिक्री भएको छ । कारोबार भएका १२ उपसमूहमध्ये दुई उपसमूहको मात्र शेयर उकालो लागेको छ । बैङ्किङ ०.५७ र व्यापार ३२.९९ अङ्कले बढ्दा होटल ६.६२, विकास बैङ्क २.३८, जलविद्युत् २.८१, वित्त ०.७७, निर्जीवन बीमा २४.२५, उत्पादन १६.५८, अन्य २.७१, लघुवित्त ३.४४, जीवन बीमा ३०.३७ र सामूहिक लगानी कोषको शेयर ०.०५ अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा एनएमबी बैङ्क शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको शेयर रु ३ करोड ५४ लाख ९९ हजार ९५७ मा खरिदबिक्री भई शीर्ष स्थानमा रह्यो । यसैगरी नेपाल बैङ्कको रु २ करोड ६८ लाख ५५ हजार २५४, नविल बैङ्कको रु २ करोड १८ लाख ४० हजार ९५९, प्राइम कमर्शियल बैङ्कको रु १ करोड २२ लाख २२ हजार ३२४, प्रभु बैङ्कको रु ९८ लाख २९ हजार ४० र हिमालयन डिस्टिलरीको शेयर रु ८८ लाख १२ हजार २९२ मा खरिदबिक्री भए ।

परिसूचक घटेपनि साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले ९.९७ प्रतिशतले कमाए । यस्तै घोडीघोडा लघुवित्त वित्तीय संस्था ९.९२, जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्क ८.०२, माउन्टेन हाइड्रो नेपाल ६.४९, जोशी हाइड्रोपावर डेभलपमेन्ट ५.२६ र सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले ४.९४ प्रतिशतले कमाए ।

यस्तै रिडी हाइड्रोपावर डेभलपमेन्टका शेयरधनीले ६.६६ प्रतिशतले गुमाउँदा तारागाँउ रिजेन्सी होटल लिमिटेड ४.०५, नविल समृद्धि फण्ड–१ को ३.८५, खानीखोला हाइड्रोपावर ३.८४, नेशनल हाइड्रो पावर कम्पनी ३.८४ र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ३.८० प्रतिशतका दरले गुमाए ।