२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शतबीज छर्नेको घुइँचो

अ+ अ-

भद्रपुर । झापाको प्रसिद्ध धार्मिकस्थल अर्जुनधारा जलेश्वरधाम र शिवसताक्षी धाममा बाला चतुर्दशी पर्वको अवसरमा आज बिहानैदेखि शतबीज छर्नेको घुइँचो लागेको छ ।

महाभारतकालमा अर्जुनले वाण हानी धरतीबाट जलधारा निकालेर गाईको प्यास मेटाएको पवित्रस्थल मानिँदै आएको अर्जुनधारा जलेश्वरधामलाई पूर्वको पशुपतिनाथसमेत भनिन्छ । दिवङ्गत आत्माको मोक्षका लागि धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत अन्नको शतबीज छर्ने धार्मिक परम्परा छ । आजका दिन शतबीज छर्दा सुन दान गरे बराबरको पुण्य मिल्ने र पितृले मुक्ति पाउने धर्मशास्त्रमा वर्णन गरिएको छ । शतबीज छर्न झापा, इलाम, पाँचथर, ताप्लेजुङसँगै भारतको दार्जिलिङ, आसाम र सिक्किमदेखि आएका हजारौँ हिन्दू भक्तजन आइतबार बेलुकादेखि नै धाममा जाग्राम बसेको धाम सञ्चालक समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए ।

शतबीज छर्न बिहानैदेखि भेला भएका भक्तजनलाई व्यवस्थित गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ भने स्वयंसेवकसमेत खटिएका छन् । सताक्षीधामलगायत दर्जनौँ शिवालयमा आज शतबीज छर्ने घुइँचो लागेको छ । सयवटा आँखा भएकी देवीको मन्दिरको रुपमा सताक्षीधाम परिचित छ । यहाँको शिवालय मन्दिरमा समेत शतबीज छर्न भक्तजन आएका छन् । दुवै स्थानमा गत सातादेखि धार्मिक अनुष्ठान भइरहेको छ । अर्जुनधाराको बामन महापुराण र सताक्षीधामको कोटीहोम महायज्ञको आज बाला चतुर्दशीमा समापन हुँदैछ ।