२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुदानको सोलारमा ठगिएको रकम फिर्ता

अ+ अ-

सिञ्जा । जुम्लाको गुठीचौर गाउँपालिका–५ का १८१ घर परिवारलाई दिइएको अनुदानको सोलारमा ठगिएका दलित र जनजातिले रकम फिर्ता पाएका छन् ।

‘हाम्रो साझा बहुउद्देश्यीय सहकारी संस्था’, जुम्लाको पहलमा सो रकम फिर्ता हुने भएको संस्थाका अध्यक्ष मनसुर सुनारले बताए ।

सोलारमा ठगी गर्ने मीनवहादुर मल्लले सबै वडाबाट सङ्कलन गरेको रकम दिने बाचा गरेको जनाइएको छ । अध्यक्ष सुनारले दलित समुदायको हकहितका लागि काम गर्न गठन गरिएको सहकारी संस्थाको प्रयासमा रकम फिर्ता गर्ने कार्य सुरु गरिएको जानकारी दिए ।

दलित र जनजातिबाट मल्लले रु एक हजार ५०० प्रति सोलारबाट सङ्कलन गरिएको थियो । चन्दननाथ नगरपालिकामा मल्लले एक हजार सोलार वितरणबाट रु १५ लाख दलित र जनजातिबाट लिएको जनाएको छ । नगरपालिकाको न्यायिक समितिले पाँच पटकसम्म छलफल गर्दा रकम दिन नमानेपछि छैटौँ पटक बसेको न्यायिक समिति बैठकले मल्ललाई अदालत पठाउने निर्णय गरेको थियो ।

जुम्लामा दुई हजार २०१ वटा अनुदानका सोलार ल्याइएकामा दुई हजार २०१ सोलारमध्ये नगरपालिकामा एक हजार, गुठीचौर गाउँपालिकामा १५० र तातोपानी गाउँपालिकामा ४७० सोलार वितरण भएको थियो । रासस