२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यकर्मी रिहाईको माग गर्दै गृह मन्त्रालयलाई ज्ञापन पत्र

अ+ अ-

डोटी । जिल्लाको जोरायल गाउँपालिका–१ स्वास्थ्यचौकीमा खोपका कारण शिशुको मृत्यु भएपछि पक्राउ परेका स्वास्थ्यकर्मी हरिदत्त भट्टको रिहाइको माग गर्दै नेपाल स्वास्थ्यकर्मी संघ डोटीले आज प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ ।

खोपका कारण शिशुको मृत्यु भएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय डोटीमा दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेका भट्टको रिहाइको माग गर्दै संघले ज्ञापनपत्र बुझाएको हो । संघका अध्यक्ष अर्जुन बलायरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा स्वास्थ्यकर्मी भट्टलाई पीडितपक्षले दिएको किटानीको आधारमा बिनाकारण हिरासतमा लिँदा सिङ्गो देशभरिका स्वास्थ्यकर्मीको मनोबल घटेको उल्लेख छ ।

ज्ञापनपत्रमा उक्त घटनाको अनुसन्धानका लागि नेपाल स्वास्थ्यकर्मी संघ डोटीले पूर्णरूपमा सहयोग र समन्वय गर्ने जनाइएको छ । उक्त घटना खोप ऐन निमावलीअनुसार प्रत्येक बालबालिकाको खोप सेवा लिने अधिकार र स्वास्थ्यकर्मीले खोप सेवा दिने व्यवस्था ऐनअनुसार रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

स्वास्थ्यकर्मीमाथि बिना कसूर मुद्दा दर्ता गरिएकाले संघको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष अर्जुन बलायरले बताए । उनले भने, ‘खोप ऐन निमावलीअनुसार अनुसन्धान अघि बढाउनुपर्ने ठाउँमा मुद्दा दर्ता गर्दा हाम्रो मनोबल गिरेको छ, स्वास्थ्यकर्मी भट्टलाई तत्काल रिहाइ गर्नुपर्छ ।’ उनले स्वास्थ्यकर्मी भट्टलाई रिहाइ नगरिए संघर्षका कार्यक्रम अघि बढाउने बताए ।

यही मङ्सिर १७ गते खोप लगाएका जोरायल गाउँपालिका–१ का टेकबहादुर मल्लका चार महिनाका नाति प्रवीण मल्लको मृत्यु भएको थियो । मृतक शिशुलाई घण्टेश्वर स्वास्थ्यचौकीअन्तर्गतको खार खोप केन्द्रमा स्वास्थ्यकर्मी भट्टले खोप लगाएका थिए ।

मृतक शिशुका आफन्तले खोपकै कारण मृत्यु भएको भन्दै प्रहरीमा स्वास्थ्यकर्मी भट्टका विरुद्ध किटानी जाहेरी दिएलगत्तै प्रहरीले भट्टलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय डोटीको हिरासतमा राखेको छ ।