२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सुख–समृद्धि’ सरकारको इतिहासकै पहिलो मुद्दा : मन्त्री बाँस्कोटा

अ+ अ-

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको ‘सुख र समृद्धि’ इतिहासकै पहिलो मुद्दा भएको बताएका छन् ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीमा निर्माण भएको टाँसी छ्यू ग्याछोलिङ गुम्बाको उद्घाटन समारोहमा उनले वर्तमान सरकारले उठाएको ‘विकास, समृद्धि र खुशी’ पहिलो मुद्दा भएको बताए ।

उनले भने, ‘यो इतिहासकै पहिलो मुद्दालाई लगातार अघि बढाउने हो, अब कुनै पनि योजनालाई बजेट अभाव हुँदैन, समयमै काम सम्पन्न गर्नुपर्दछ, विकासभित्र सुख र समृद्धि छ ।’ सरकारको योजना ‘जहाँ जनता, त्यहाँ विकास’ रहेको उनले बताए ।

मन्त्री बाँस्कोटाले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आत्मविश्वास जगाउँदै हुनुहुन्छ’ भने । ‘प्रधानमन्त्रीले देश कसरी बनाउने भन्ने सपनाको नेतृत्व गरी हामीलाई जिम्मा लगाउनुभएको छ, हामी सक्छौँ हाम्रो देश बनाउन’, उनले भने । नेपाली श्रमले देश बनाउनसक्ने उल्लेख गर्दै नेपाली प्रकृतिले त्यो अवसर दिएको उनको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले प्रकृति, मानवश्रम र राज्यको सुशासन एकै ठाउँमा जोडेर हरेक गतिविधिलाई उत्पादनसँग जोड्नुपर्ने बताए । उनले भने,’देश बनाउन अन्तर्राष्ट्रिय सहयोग पनि लिनुपर्दछ तर बनाउने आफैंँले हो ।’ उनले नेपाली खेलाडीले ऐतिहासिक साहसका साथ अन्तिममा गोर्खालीको क्षमता प्रदर्शन गरेर दक्षिण एशियाको खेलकूद क्षेत्रमा नेपाल ‘पावर हाउस’का रूपमा विकसित भएको उल्लेख गरे ।

मन्त्री बाँस्कोटाले फरक प्रसङ्गमा खानी र पानी एकै स्थानमा चलाउन नहुने बताए । ‘खानी र पानी एकै स्थानमा चलाएपछि मानव जीवन सङ्कटमा पर्छ, मानव बाँच्न प्रकृति बचाउनुपर्दछ, बरु खानीको विकल्प सोच्न सकिन्छ” उनले भने । बुद्ध जन्मेको देश नेपाल ज्ञान उत्पादनको केन्द्र भएको उनले बताए ।

मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकमा नमोबुद्धमा खानेपानीका लागि लाग्ने अबौँ बजेट आउँदो वर्ष एकैसाथ छुट्याइने, पाँचखालमा खानेपानीको बोलपत्र शुरु भइसकेको, सुनकोशीमा ५३६ मेघावाटको विद्युत्को प्रक्रिया अघि बढेको र अर्बौँको लगानीमा फिल्म सुटिङ केन्द्र पनि निर्माण गरिने बताए ।

उनले भने, ‘अब नमोबुद्ध नगरपालिकाको दुई र पाँचखाल नपाको तीन वडाको करीब १२ हजार रोपनी जमीनमा अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी विश्वविद्यालय पनि बनाउनेछौँ, विकासमा कुनै पनि जनताले जमीनमा किचलो भने झिक्नुहुँदैन ।’

कार्यक्रममा सांसद गङ्गाबहादुर दोङ, प्रदेशसभा सदस्य रत्न ढकाल र गाउँपालिका अध्यक्ष दलबहादुर लामाले धर्म संस्कृतिको रक्षा, संवर्द्धन पनि विकास नै भएकाले यसतर्फ लाग्न सुझाव दिए । गुम्बा निर्माण समितिका सचिव ज्ञानबहादुर लामाले करीब सात वर्षको अवधिमा रु ६३ लाख ७५ हजार ३४४ मा गुम्बा तथा रु १८ लाखमा बुद्धपार्क निर्माण गरिएको जानकारी दिए ।