१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेल क्षेत्रमा लगानी बढाउनुपर्छ : मन्त्री मगर

अ+ अ-

ललितपुर , खानेपानी मन्त्री बिना मगरले राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छिन् ।

तत्कालीन नेकपाका युवा नेता स्वर्गीय प्रकाश दाहालको सम्झनामा शुक्रवारबाट सुरु भएको ‘प्रथम प्रकाश दाहाल स्मृति’ खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उद्घाटनका क्रममा दिएको मन्तव्यमा सो कुरा बताएकी हुन् ।

‘राष्ट्रको नाम र इज्जत बढाउने क्षेत्र भनेकै खेलकुद हो ।’ उनले भनिन् ‘खेलकुदले खेलाडीलाई अनुशासित हुन मात्रै सिकाउँदैन । राष्ट्रको पहिचानमा सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्दछ । त्यसैले खेल क्षेत्रमा लगानी बढाउनु जरुरी छ ।’

नेपालमा सक्षम र क्षमतावान् खेलाडी उत्पादन गर्नका लागि यस्ता खेलकुदका कार्यक्रमहरू निरन्तर गरिनुपर्ने बताउँदै उनले समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा खेलकुद क्षेत्रले पनि उत्तिकै भूमिका खेल्ने धारणा राखेकी थिइन् ।

‘राष्ट्रका हरेक युवाहरूलाई खेलकुदमा सहभागी गराउनुपर्दछ ।’ उनले भनिन्, ‘खेलकुदले अनुशासित गराउँदै युवाहरूलाई अघि बढ्ने क्षमताको विकास गर्दछ ।’

कार्यक्रममा नेपाल तेक्वान्दो महासङ्घका वरिष्ठ उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले हालै नेपालमा सम्पन्न साग खेलकुदमा नेपालले गरेको प्रगति यस्तै प्रतियोगिताहरूबाट सम्भव भएको बताए ।

अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सफलता हासिल गर्नका लागि पनि स्थानीय स्तरबाटै खेलाडीहरूलाई हौसला प्रदान गर्नुपर्ने वरिष्ठ उपाध्यक्ष महर्जनले बताए ।

नागदह तेक्वान्दो डोजाङले ललितपुरको धापाखेलमा आयोजना गरेको उक्त प्रतियोगिताको शनिवार सम्पन्न हुनेछ । काठमाडौँ उपत्यका बाहेक देशका विभिन्न १५ जिल्लाहरूबाट खेलाडीहरू प्रतियोगितामा सहभागी भएका छन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरू मध्ये प्रथम हुनेले पचास हजार, दोस्रो हुनेले तीस हजार र तेस्रो हुनेले बीस हजार नगद रकम प्राप्त गर्ने आयोजक समूहका कार्यक्रम संयोजक कविराज मालीले जानकारी दिए ।

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई जनही ५–५ हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिने मालीले बताए ।

प्रतिक्रिया दिनुहोस