२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हङकङमा ट्रान्जिट भिसाको व्यवस्था गर्न कांग्रेसको माग

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले नेपालीलाई हङकङमा ट्रान्जिट भिसा व्यवस्था गर्ने विषयमा चीन सरकारसँग आवश्यक प्रयास गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वको टोलीले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटी नेपालीलाई हङकङमा भिसा व्यवस्था नभएकाले हङकङको ट्रान्जिट भिसा व्यवस्थाका लागि ज्ञापनपत्र बुझाएको छ ।

काठमाडौँदेखि मकाउ जान र मकाउदेखि काठमाडौँ आउन हालसम्म सोझो हवाई उडान नभएकाले मकाउमा रोजगारीका लागि पुग्ने र आउने युवाले कठिनाई भोग्नु परेको ज्ञापनपत्रमा उल्लेख छ । मकाउमा ‘वर्क प्रमिट’ प्राप्त गरी करीब चार हजार नेपाली युवा रोजगारीमा छन् ।

काठमाडौंँ–हङकङ–मकाउ/मकाउ–हङकङ–काठमाडौँ सबै भन्दा पायक पर्ने र सहज रुटमा रहेको उल्लेख गर्दै प्रमुख सचेतक खाँणले सो रुट भएर यात्रा गर्न नेपालीलाई हङकङमा ट्रान्जिट भिसा व्यवस्था नभएकाले हङकङको ट्रान्जिट भिसा व्यवस्थाका लागि ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।

भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भिसा नहुँदा नेपालीले भोग्नु परेको समस्याका बारेमा आफू गम्भीर रहेको बताउँदै यस विषयमा तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिबद्धता जनाएको प्रमुख सचेतक खाँणले जानकारी दिए ।