२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री थापा र साउदी अरेबियाका राजदूतबीच भेटवार्ता

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि साउदी अरेबियाका राजदूत मुसैद सुलेमान एम। अल मर्वानीले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल र साउदी अरेबियाबीच द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित भएर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपाल र साउदी अरबियाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै राजदूत मर्वानीको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

उनले साउदी अरेबियामा ठूलो सङ्ख्यामा रोजगारीका लागि नेपालीहरु पुगेको तथा त्यहाँ कतिपय नेपालीहरु समस्यामा समेत पर्ने गरेको भन्दै उनीहरुको समस्या समाधानमा विशेष ध्यान दिन राजदूतसँग आग्रह गरे ।

गृहमन्त्री थापाले नेपालबाट साउदी अरेबियामा हजका लागि जाने हाजिहरुको सङ्ख्या गत वर्ष ३ सय थप गरिदिएकोमा राजदूत मर्वानीमार्फत साउदी सरकारलाई धन्यवाद दिँदै सो सङ्ख्या अझ थप गर्न आग्रह गरे ।

भेटमा राजदूतले मर्वानीले रोजगारीको सिलसिलामा हाल तीन लाखभन्दा बढी नेपाली साउदी अरेबियामा रहेको जानकारी दिँदै साउदीको विकासमा नेपालीहरुको विशेष योगदान रहेको चर्चा गरे । साउदीमा रहेका नेपालीहरुको समस्या समाधान गर्न आफूहरु गम्भीर रहेको बताउँदै उनले नेपालबाट साउदीमा हज गर्न जानेहरुको सङ्ख्या बढाउनसमेत आफूले पहल गर्ने विश्वास दिलाए ।