२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रजातन्त्रको रक्षाका लागि काँग्रेस सधैँ लडिरहन्छ : सभापति देउवा

अ+ अ-

इनरुवा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको रक्षाका लागि काँग्रेस सँधै लडिरहने बताएका छन् । नेपाली काँग्रेस सुनसरीले सदरमुकाम इनरुवामा आज आयोजना गरेको ४४औँं राष्ट्रिय एकता तथा मेलमिलाप एवं सम्मान कार्यक्रममा उनले काँग्रेसको मूल उद्देश्य नै प्रजातन्त्रको रक्षा गरेकाले प्रजातन्त्रको रक्षाका लागि काँग्रेस हरसम्भव लागिरहने बताए ।

प्रजातन्त्रको रक्षाका लागि नेपाली काँग्रेसले राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रसँग लडाइ लडेको बताउँदै उनले अबको दिनमा सरकारसँग पनि लडाइ लड्ने दिन आएको बताए । प्रजातन्त्र विरुद्धमा लाग्ने जो कोहीसँग पनि काँग्रेस लडाइ लड्न तयार रहेको सभापति देउवाले उल्लेख गरे । पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पार्टीका नेता अहिलेको सरकारको विरुद्धमा बोल्नका लागि थुरथुर काम्ने गरेको तर आफूविरुद्ध जथाभावी बोल्ने गरेको सभापति देउवाले आरोप लगाए ।

अहिले सरकारले संसद्मा दर्ता गरेको सञ्चार सम्बन्धी विधेयक कुनै पनि हालतमा पारित हुन नदिने सभापति देउवाले ठोकुवा गरे । उनले नेकपाले अहिलेकोसम्म सभामुखको उम्मेद्धवार चयन गर्न नसकेकाले काँग्रेसलाई सभामुख दिए भोलि नै उम्मेद्ववार दिएर दिने उल्लेख गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले प्रजातन्त्र ल्याउनका लागि आफूसहितका नेताले विभिन्न चुनौतीको सामना गर्दै भारतमा पुनरवास जीवन बिताएकाले यसको रक्षाका लागि सँधै लडिरहने उल्लेख गरे । अहिलेको अवस्थामा नेपाली काँग्रेसमा बिपी कोइराला र गणेशमान सिंहमा भएको एकता जस्तै पार्टीभित्र पनि अन्य नेतामा एकता हुनुपर्नेमा जोड दिए ।