२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी राष्ट्रिय कृषि गणनामा २५ लाख घरपरिवार समेटिने

अ+ अ-

विराटनगर । कृषि उत्पादनमा आत्मनिर्भर र कृषकको जीवनस्तर वृद्धिमा कृषि तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने सरोकारवाले बताएका छन् । केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय मोरङद्वारा मङ्गलबार यहाँ आयोजित आगामी राष्ट्रिय कृषि गणना–२०७८ का विषयवस्तुमा सरोकारवालासँग छलफलका सहभागीले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन जोड दिए ।

उनीहरुले विगतमा कृषि गणनामा सोधिएका विषयवस्तुमा संशोधन तथा थप गर्नुपर्ने सुझाव दिएका थिए । यसपटकको गणनामा २५ लाख घरपरिवारमा प्रत्यक्ष सम्पर्क गरी दुई लाख ५० हजार तथ्याङ्क सङ्कलन गरिने लक्ष्य रहेको छ । हिमाल तथा पहाडमा चारआना तथा तराईमा आठ धुर जग्गा हुनेसम्मको तथ्याङ्क सङ्कलन गरिने कार्यक्रममा जानकारी दिइयो ।

एक गाईभैँसी, पाँच भेडाबाख्रा र २० कुखरापालनलाई समेत गणनामा समावेश गरिने भएको छ । प्रदेश नं १ का प्रदेश योजना आयोग उपाध्यक्ष सुवोधराज प्याकुरेलले राज्यको साधनको उचित प्रयोग र बजेट विनियोजनमा कृषि गणना फलदायी हुने बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सन्दीपकुमार राई तथा पशुुपक्षी तथा मत्स्य निर्देशनालयका निर्देशक लेखराज दाहालले गणनालाई विश्वसनीय बनाउन प्राप्त सुझाव समेट्नुपर्नेमा जोड दिए । विगतमा जिल्लामा तल कृषि तथ्याङ्क नभएको अवस्था आगामी कृषि गणनामा ७५३ स्थानीय तहको उपयोगी कृषक र कृषिको अवस्थाबारे सही तथ्याङ्क लिने विभागका निर्देशक बद्री कार्कीले बताए ।

विभागका अर्का निर्देशक डा महेश सुवेदीले महिलाको नामकोे जग्गा, कृषि बीमा तथा अनुदान, कृषिमा जलवायु परिवर्तनको असर, बालीमा विषादीको प्रयोग, सरकारी सेवा–सुविधामा कृषकको पहुँच आदि विषय गणनामा समेटिने छ भने ।

राष्ट्रिय जनगणना विस २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुँदैछ । यसको छ महिनापछि राष्ट्रिय कृषि गणना हुने कार्यक्रममा जानकारी गराइयो । नेपालमा पहिलो कृषि गणना विसं २०१८ मा भएको थियो ।