२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धिसँग जोडिएका आयोजना प्राथमिकतामा छन् : मन्त्री नेम्वाङ

अ+ अ-

ताप्लेजुङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्धिसँग जोडिएका सडक तथा पूर्वाधारका आयोजनामा सरकारको ध्यानाकर्षण भएको बताएका छन् ।

उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङ्गोला सडक आयोजना, तमोर करिडोर, मदन भण्डारी राजमार्गलगायतका रणनीतिक महत्वका सडक आयोजना सरकारको ध्यानाकर्षणभित्र परेको उनले बताए ।

आज उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङ्गोला सडक आयोजना र प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडकको अवलकोनपछि उनले आर्थिक सामाजिक हिसाबले लाभदायक र आवश्यकताको पहिचानसहित प्राथमिकता निर्धारण गरी भौतिक पूर्वाधारको विकासमा सरकार जुटेको उनको भनाइ छ ।

‘उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङ्गोला सडक आयोजना, तमोर करिडोर, मदन भण्डारी राजमार्ग, कञ्चनजङ्घा, पाथीभरा जानेलगायतका पूर्वका मुख्य सडक मुलुककै आर्थिक विकास र समृद्धिसँग जोडिएका छन्, यसको स्तरोन्नति र निर्माणमा सरकारको ध्यानाकर्षण भएको छ’, मन्त्री नेम्वाङले भने । पाथीभरा जाने सडकको स्तरोन्नति गर्नका लागि चार वर्षअघि नै बजेट विनियोजन गरिएको भए पनि हालसम्म काम नभएकोप्रति ध्यानाकर्षण भएको उनको भनाइ छ ।

यता मेची राजमार्गअन्तर्गतको सडकलाई फुङलिङ बजार बाहिरबाट सुकेटार जोड्नुपर्ने स्थानीयको मागलाई समेत चासो दिने मन्त्री नेम्वाङले बताए । आगलागीलगायतका कारण ठूलो क्षति बेहोर्नु परेको लगायतका समस्या दर्शाउँदै राजमार्गलाई बजार बाहिरबाट सुकेटार जोड्नुपर्ने स्थानीयले माग गर्दै आएका छन् ।

यता ताप्लेजुङवासीले यहाँका ठूला सडक आयोजनाका लागि पर्याप्त बजेट विनियोजन गरी चाँडो सम्पन्न गर्नुपर्ने मागपत्रसहित ध्यानाकर्षण गराएका छन् । जिल्लास्थित सरोकारवाला व्यक्ति तथा संघसंस्थाले १७ बुँदे मागपत्र तयार गरी तमोर करिडोर, उत्तर दक्षिण ओलाङचुङ्गोला सडक, मदन भण्डारी राजमार्ग, पाथीभरा सडकलगायतका आयोजनामा पर्याप्त बजेट विनियोजन गरी चाँडो सम्पन्न गर्न ध्यानाकर्षण गराएका हुन् ।

मन्त्री नेम्वाङले आज बिहान उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङ्गोला सडक आयोजना र पाथीभरा जाने सुकेटार देउराली सडकखण्डको स्थलगत अवलोकनसमेत गरेका थिए ।