२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धिका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्री पौडेल

अ+ अ-

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपालको महान् यात्रा तय गर्न सबै निकाय सक्रिय भएर लाग्नुपर्ने बताएका छन् ।

संघीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा आजबाट हेटौँडामा शुरु भएको ‘विकास र समृद्धिमा अन्तर तह समन्वय’ विषयक दुई दिने अन्तक्रिया कार्यक्रममा उनले भने, ‘मुलुकको विकास र समृद्धिका लागि सबै नेपालीले इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।’

मुख्यमन्त्री पौडेलले मुलुकमा संघीयता आएको र सोही अनुसारको संरचनाहरु बनेको भए पनि केन्द्र नै सबैथोक हो भन्ने मानसिकता सबैतिर हाबी भएको उल्लेख गर्दै स्थानीय तह बनिसकेपछि पनि संघीय सरकारले विकास निर्माणका काममा आफ्नै संरचना बनाएर जिल्ला जिल्लामा काम गर्दै आएको बताए ।

केन्द्र, प्रदेश र स्थानीय सरकारका अधिकारबारे संविधानमा स्पष्ट व्यवस्था रहे पनि विविध कारणले त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले काम र अधिकारको वर्गीकरण नहुँदासमेत प्रदेश सरकारले सोचेअनुसार विकास निर्माणको काम गर्न नसकेको बताए ।

मुख्यमन्त्री पौडेलले मुलुकको विकास र समृद्धिका लागि तीन तहका सरकारबीचमा समन्वय, सहकार्य र एकता अपरिहार्य आवश्यकता भएको बताउँदै विगतका र वर्तमानका काम गराइमा तात्विक भिन्नता नआएकाले अहिले पनि जनताका धेरै फाइल कार्यान्वयन नभएर टेबलमै थन्किएर बस्ने गरेको धारणा व्यक्त गरे ।

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रतिनिधिसभा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले राज्यका तीनै तहका सरकार एकापसमा स्वायत्त भए पनि विकास निर्माणलगायत आयोेजनामा समन्वय गरेर काम गर्नुपर्ने बताए ।रासस