२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिव केदार बहादुर अधिकारी वायुसेवा निगमको अध्यक्षमा नियुक्त

अ+ अ-

काठमाडौँ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीलाई नेपाल वायु सेवा निगमको अध्यक्ष बनाउने निर्णय गरेको छ ।

दोस्रो कार्यकाल पनि असफल भएपछि तत्कालीन नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएसँगै रिक्त रहेको अध्यक्ष पदमा मन्त्रालयका सचिव केदार बहादुर अधिकारीलाई बनाउने निर्णय गरेको हो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले पर्यटन सचिव अधिकारीलाई अध्यक्ष तोक्ने निर्णय गरेको छ, मन्त्रिपरिषद् विशेष स्रोतले भन्यो ।

महाप्रबन्धक भन्दा माथि नयाँ पद सिर्जन गरी ल्याइएको खरेलले पहिलो कार्यकालमा एक वर्ष नपुग्दै राजीनामा दिएपछि २०७५ भदौमा पुनः नियुक्त भएका उनले १४ महिना पनि नपुग्दै राजीनामा दिएका थिए । काम गर्न नसकेको दोष ट्रेड युनियनमा माथि थुपारेका खरेलले दोस्रो पटक भने लज्जास्पद स्वीकारोक्तिसहित बाहिरिएका थिए ।

नयाँ गन्तव्य विस्तार मात्र होइन, जापानको नारितामा उडान गर्नुपर्ने उडान ओसाकामा भर्ने, निहित स्वार्थमा लागेर चीनको संघाइ र बेइजिङ उडान गर्न चासो नदिने, आन्तरिक बजार हिस्सा बढाउन असफल भएको तथा व्यवस्थापनमै चरम कमजोरी देखिएपछि पर्यटन मन्त्रालयले मात्रै होइन, प्रधानमन्त्री केपी शर्मा ओलीले नै बोलाएर चेतावनी दिएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खरेललाई कार्यकारी प्रमुख भएपछि आएको सुधारदेखि निगमलाई आर्थिक रूपमा सक्षम बनाउन ल्याएको कार्य योजना, पाइलट तथा जनशक्ति व्यवस्थापनको सुधारका लागि गरेको प्रयास तथा उड्डयन क्षेत्रमा नेपाल वायुसेवा निगमको बजार हिस्सा बढाउने योजनाबारे सोधेको थियो । तर खरेलले त्यसको जवाफ त दिन सकेनन् नै सञ्चालनमा रहेका आन्तरिक उडानका जहाज पार्किङमै थन्क्याउनेदेखि निगम टाँट पल्टिन लाग्दासमेत सुधारका लागि कुनै नौला योजनातर्फ उनको ध्यान गएन ।

सचिव अध्यक्ष हुँदा नाफामा रहेको निगम बाहिरबाट अध्यक्ष आएपछि घाटामा गयो पर्यटन मन्त्रालय स्रोत भन्छ, न गन्तव्य थपियो न त आन्तरिक व्यवस्थापन नै रह्यो उल्टै लोन तिर्न नसकेर थला पर्ने अवस्थामा पु¥याइयो

सरकारले पुनः सचिवलाई नै तोक्ने व्यवस्थामा फर्किनुको कारण चरम अव्यवस्था नै भएको स्रोतको ठम्याई छ ।

सचिवलाई अध्यक्ष बनाउनु संस्थागत हिसाबले एकदमै उपयुक्त कदम भएको मन्त्रालयको भनाई छ । सचिवले मन्त्रालय र निगमबिच पुलको काम गर्छ, मन्त्रालयका एक अधिकारीले भने, सचिव नै अध्यक्ष भइसकेपछि धेरै नियम कानुनमा बाँधिने भएकोले बाहिरी व्यक्तिजस्तो गैर जिम्मेवार भएर बस्न सक्दैन ।

बाह्य व्यक्ति हुँदा संस्थागत रेकर्डदेखि अन्य कामकारबाहीमा पनि प्रभावकारिता आउने उनको भनाई छ ।

२०७५ भदौमा मदन खरेललाई वायुसेवा निगममा नियुक्त गर्नु पूर्व पर्यटन सचिव नै सञ्चालक समितिका अध्यक्ष रहेको भए पनि २०६९ मा खुल्ला प्रतिस्पर्धाबाट महाप्रबन्धक बनेर २९ महिनामै राजीनामा दिएका खरेललाई दोस्रो पटक २०७५ भदौमा निगमको कार्यकारी अध्यक्ष बनाउनको लागि तत्कालीन पर्यटन सचिवलाई अध्यक्षबाट हटाएको थियो ।

वायुसेवा निगमले ल्याएको वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै सरकारको आलोचना भएपछि निगमका महाप्रबन्धक सुगतरत्न कंसकारको कार्यकाल बाँकी छँदै सरकारले खरेललाई नियुक्त गरेको थियो।