२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेविसंघका अध्यक्षमा राजीव ढुङ्गाना

अ+ अ-

कांग्रेस । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्षमा सुनसरीका राजीव ढुङ्गाना मनोनीत भएका छन् ।

काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आज रिक्त ‘नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ गठन गरेका हुन् । पार्टीको २०७५ साल फागुन १ गतेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टी सभापति देउवाले ढुङ्गानालाई मनोनीत गरेका हुन् ।

विसं २०४६ मा नेविसंघको जिल्ला सदस्यबाट नेविसंघको राजनीति शुरु गरेका ढुङ्गानाले यसअघि नेविसंघ केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । तदर्थ समितिका महामन्त्रीमा काठमाडौँका मनोज वैद्य र पाल्पाका महेश्वरी कुँवर रहनुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कार्यसमितिलाई आजको मितिदेखि छ महिनाभित्र नेविसंघको आगामी १२ औँ केन्द्रीय अधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

तदर्थ कार्यसमितिमा रहेका पदाधिकारी र सदस्य आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् भने यसअघि कायम रहेको नेविसंघ केन्द्रीय कार्यसमिति विघटन भएको मिति २०७५ साल माघ २९ गतेसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीले नेविसंघको आगामी १२ औँ अधिवेशनमा भाग लिन पाउने छन् । नेविसंघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यको मनोनयन यथाशीघ्र गरिने पार्टी कार्यालयले जनाएको छ ।