२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्रीय समितिको बैठकले सामूहिकतालाई प्रश्रय दिएको छ : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकमा सामूहिकता र अन्तर्घुलनको एउटा नयाँ ‘फ्युजन’ प्रस्तुत भएको बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको केन्द्रीय समितिको शपथ ग्रहण तथा एकताको प्रथम बैठकलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केन्द्रीय समितिको बैठकमा एकरुपता कायम भएर अभियानात्मक रुपमा अगाडि बढेको स्पष्ट पारे ।

उनले जताततै देखिएको निराशाले यहाँ केही ठीक नभइरहेको देखाएको बताए । उनले भने, ‘हामीले भन्न त भनेका छौँ भ्रष्टाचार गर्दैनौँ र गर्न पनि दिँदैनौँ, यो घोषणा आफैँमा राम्रो कुरा हुँदै हो । तर राज्यको समग्र व्यवहारमा स्थानीय तहदेखि संघसम्म भ्रष्टाचार रोकिन थालेको छ भन्ने अनुभूति जनताले गरे कि गरेनन् भन्यो भने ‘ग्राफ’चाहि राम्रो आउँदैन ।’

अध्यक्ष दाहालले कर प्रणाली जनताको पक्षमा भन्दा जनताको विरोधीको पक्षमा हुन थाल्यो कि क्या हो भन्ने जस्तो देखिएको बताए । उनले राज्यमाथि मध्यम वर्गको प्रभाव र हस्तक्षेप बढाएर लैजान र तल्लो वर्गलाई परिवर्तनको प्रतिफल पुग्यो भन्ने अनुभूत गराउनतर्फ उद्योग व्यवसायीको ध्यान जान जरुरी रहेको बताए ।

कम्युनिष्ट पार्टीको सरकारले राष्ट्रिय पूँजीपति र गरिबलाई नरम खालको कर नीति लागू गर्नुपर्नेमा यस्तो महसुस नभएको उल्लेख गरे । आउने दुई/तीन वर्ष राम्रो काम गर्न नसकेमा जनताले कम्युनिष्ट पार्टी भन्दैमा भोट नदिने पनि अध्यक्ष दाहालको भनाइ थियो । कार्यक्रममा नेकपा निकटका उद्योगी व्यवसायीलाई अध्यक्ष दाहालले पद तथा गोपनियताको शपथ गराएका थिए ।