२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनमा बढीभन्दा बढी मतदाता सहभागी गराउन जोड

अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा बढीभन्दा बढी मतदाता सहभागी गराउनुपर्नेमा जोड दिएकी छन् । निर्वाचन आयोगले आर्थिक वर्ष २०७५/७६ गरेका कामकारवाहीसहितको वार्षिक प्रतिवेदन आज राष्ट्रपति भवन शीतल निवासमा ग्रहण गर्दै उनले निर्वाचनमा बढीभन्दा बढी मतदातालाई सरिक गराउनेतर्फ विशेष ध्यान दिन तथा मतदानस्थल र केन्द्रको निर्धारण पहुँचयोग्य स्थानमा कायम गरी मतदातामैत्री तुल्याउन सुझाइन् ।

उनले भनिन्, ‘विशेषतः ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति, गर्भवतीका लागि मतदातामैत्री मतदानस्थल बनाउन आग्रह गर्दछु ।’ राष्ट्रपति भण्डारीले निर्वाचनका माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढ गर्न आयोगले निर्वाह गरेको भूमिकाको सराहना गर्दै उनले भौगोलिक विकटता रहे पनि कतिपय सम्पन्न एवं विकसित मुलुकको तुलनामा निर्वाचनमा नेपाली मतदाताको सहभागिता उल्लासपूर्ण रूपमा हुने गरेको सुखद् प्रसङ्ग स्मरण गरिन् । ‘यद्दपि अझै बढी मतदाताको सहभागिता सुनिश्चित गर्न थप काम गर्नुपर्ने खाँचो छ,’ राष्ट्रपतिले थपिन् ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनसम्बन्धी एकीकृत कानून तर्जुमा, आयुक्तको रिक्तता, बेरुजुको फछ्र्योटको अवस्था, राजनीतिक दलको व्यवस्थापन, आयोगका जिल्लास्तरमा रहेका सङ्गठन संरचना, संघीय संरचनानुसार प्रदेशस्तरमा निर्वाचन कार्यालयको आवश्यकता र निर्वाचन सूचना केन्द्रको स्थापना सञ्चालनबारे जानकारी दिएका थिए ।

नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपतिसमक्ष प्रस्तुत प्रतिवेदनमा आयोगको योजना, अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्ध, मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालीम, सूचना प्रविधि एवं प्रणाली व्यवस्थापन, कानून तथा राजनीतिक दल व्यवस्थापन र वित्तीय स्रोत परिचालनलगायत विषय समेटिएका छन् । प्रस्तुत प्रतिवेदन संवैधानिक प्रक्रियाबमोजिम प्रधानमन्त्रीमार्फत संघीय संसद्मा पेश गरिने छ । त्यस अवसरमा निर्वाचन आयुक्त नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल, आयोग तथा राष्ट्रपति कार्यालयका सचिव र राष्ट्रपतिका सल्लाहकारको उपस्थिति थियो ।