२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा सामान्य वृद्धि

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४.६० ले वृद्धि भई एक हजार ३४५.९७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.१९ ले वृद्धि भई २८५.५६ मा पुगेको छ ।

नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने डेढ अर्ब बराबरको भएको छ । कूल १७३ कम्पनीको ३९ लाख ८६ हजार ७६९ कित्ता शेयर रु एक अर्ब ५० करोढ ९७ लाख ८४ हजार ३११ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ २.९८, विकास बैंक ८.३८ र जलविद्युत् ६.९९ बिन्दुले घटे । यस्तै व्यापार १३.४५, होटल ३.८७, वित्त ३.८२, निर्जीवन बीमा ८०.९७, उतपादन २४.४१, अन्य १०.१९, लघुवित्त ५५.६३, जीवन बीमा ५८.६३ र सामूहिक लगानी कोष ०.०४ ले वृद्धि भएको छ ।

कारोवारका आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । सो संस्थाको रु नौ करोड ९७ लाख ४६ हजार ६७१ मूल्य बराबरको शेयर कारोवार भयो । यस्तै शिवम् सिमेन्ट रु ९ करोड ८४ लाख ४५ हजार ८०, एनआइसि एशिया बैंक रु छ करोड २४ लाख ५३ हजार ८५०, स्वरोजगार लघुवित्त विकास बैंक रु पाँच करोड छ लाख ६५ हजार ४३३, एनएमबी बैंक रु चार करोड ३७ लाख १६ हजार ७००, लुम्बिनी जनरल इन्स्योरेन्स रु तीन करोड ६२ लाख ६४ हजार ३२१ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु तीन करोड ५५ लाख ६७ हजार ७३३ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै आज सेन्ट्रल फाइनान्स ९.९३, गुराँस लघुवित्त वित्तीय संस्था ९.८७, स्पर्श लघुवित्त वित्तीय संस्था ९.१४, स्वदेशी लघुवित्त वित्तीय संस्था ८.९२, कालिका पावर कम्पनी ८.०८ र ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले ७.४६ प्रतिशतले कमाए । त्यस्तै, यूनाइटेड मोदी ३.५३, ज्योति विकास बैंक ३.०७, बरुण हाइड्रोपावर ३.०३, नेपाल फाइनान्स २.९६, जानकी फाइनान्स २.७३ र हिमालयन ऊर्जा विकास कम्पनी २.७२ प्रतिशतले गुमाए ।