९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाको सर्भिस लाईफ पूरा भएको हेलिकप्टर पुल्चोक क्याम्पसलाई हस्तान्तरण

अ+ अ-

काठमाडैं । नेपाली सेनाको सर्भिस लाईफ पूरा भएको हेलिकप्टर पुल्चोक क्याम्पसलाई हस्तान्तरण गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रमका साथ नेपाली सेनाका तर्फबाट संभाररथी उपरथी प्रभुराम शर्माले नेपाली सेनाको सर्भिस लाईफ पूरा भएको एक थान हेलिकप्टर तथा हेकिप्टरसँग सम्बन्धित बीईआर भएका पार्टपूर्जा त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसलाई हस्तान्तरण गरेका हुन् ।

उक्त हस्तान्तरण कार्यक्रममा उपरथी शर्माले गौरवमय इतिहास बोकेको नेपाली सेनाले नेपाल सरकारद्वारा सुम्पिएका राष्ट्रिय गौरवका आयोजनाहरु तथा विभिन्न विकास निर्माणका कार्यहरु सम्पादन गर्दै आइरहेको र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको ‘कमाण्ड मार्ग निर्देशन–२०७५’ अनुसार देशको शैक्षिक क्षेत्रमा समेत सहयोग पुर्‍याउन तयार रहेको बताएका छन् ।

नेपालमै पहिलो पटक संचालन भएको एरो स्पेस इन्जिनियरिङ अध्ययनमा व्यवहारिक ज्ञानको लागी विभिन्न काल खण्डमा महत्त्वपूर्ण कार्यहरुमा प्रयोग भएको उक्त हेलिकप्टर तथा पार्टपूर्जाहरुले दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्‍याउने विश्‍वास व्यक्त गरेका छन् । पुल्चोक क्याम्पसमा आयोजना गरिएको उक्त कार्यक्रममा पुल्चोक ईन्जिनियरिङ्ग अध्ययन संस्थानका डिन, पुल्चोक ईन्जिनियरिङ्ग कलेजका प्रमुख, ईन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापकहरु, नेपाली सेनाका रथीवृन्द, अधिकृत तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

रक्षा मन्त्रालयबाट स्विकृती भएबमोजिम को सो हेलिकप्टरसंग सम्बन्धित पार्टपूर्जाहरु सुचिकृत गरी पुल्चोक क्याम्पसलाई अध्ययन तथा तालिम प्रयोजनका लागि हस्तान्तरण गरिएको हो ।

०४७ जेष्ठ २३ गतेबाट नेपाली सेनामा प्रयोगमा आएको उक्त हेलिकप्टरले कुल ४ हजार १ सय २१ घण्टा उडान तथा ९ हजार ७ सय ५२ ल्यान्डिङ गरी मिति ०७५ चैत्र २ गते अन्तिम उडान गरेको थियो ।

उक्त अध्ययन संस्थानबाट राष्ट्रको लागी आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सहयोगीसिद्ध हुने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस