२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहामा दुई हजार छोरीको बीमा

अ+ अ-

लहान । प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा शिविर सिरहा जिल्लामा प्रभावकारी बन्दै गएको छ ।

छोरा र छोरीबीचको विभेदलाई अन्त्य गर्दै छोरीको पनि शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेशका आठै जिल्लामा अहिले छोरी शिक्षा बीमा शिविर सञ्चालन भइरहेको छ । सिरहाका १७ स्थानीय तहमध्ये आजसम्म ११ स्थानीय तहमा सम्पन्न छोरी शिक्षा बीमा शिविरमा दुई हजार ४०३ छोरीको बीमा गरिसकिएको जनाइएको छ ।

सिरहा नगरपालिकामा सबैभन्दा बढी ४९० र सबैभन्दा कम विष्णुपुर गाउँपालिकामा ९० छोरीको बीमा गरिएको सामाजिक सुरक्षा सिरहा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिए । सो नगरपालिकामा ४९०, कल्याणपुर नगरपालिकामा १९७, कर्जन्हा नगरपालिकामा २२९, नरहा गाउँपालिकामा ९३ र अर्नमा गाउँपालिकामा १२० छोरीको बीमा गरिएको छ ।

यस्तै सिरहाको गोलबजार नगरपालिकामा ३८४, धनगढीमाई नगरपालिकामा २९४, बरियारपट्टी गाउँपालिकामा १५४, औरही गाउँपालिकामा १४२ गरी २०७५ माघ १ देखि जन्मिएका दुई हजार ४०३ छोरीको बीमा गरिएको संयोजक विश्वकर्माले बताए । विसं २०७५ माघ १ गतेयता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा गरिदिने घोषणा गरेअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि कर्मचारी अभावमा प्रभावकारी हुन नसकेपछि स्थानीय तहमै पुगेर छोरीको बीमा गर्ने उद्देश्यका साथ शिविरमार्फत बीमा कार्यक्रमलाई अगाडि बढाइएको छ ।

छोरीको बीमाका लागि आवश्यक जन्मदर्ता, स्थानीय तहको सिफारिस, आमा वा बुबामध्ये एकको नागरिकता र छोरी तथा अभिभावकका ६/६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविरमार्फत सबै प्रक्रिया पूरा गर्ने गरी आवश्यक प्रबन्ध मिलाएको छ । उक्त शिविरमा प्रभु बैंकका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिव, फोटोग्राफर एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको छ ।

विसं २०७५ माघ १ पछि जन्मेका छोरीको रु एक लाखको शिक्षा बीमा गर्ने घोषणा गरेको प्रदेश सरकारले त्यो रकमलाई वृद्धि गरी यो वर्ष रु तीन लाख पुर्‍याएको छ । शुरुमा २०७५ माघ १ गतेपछि प्रदेशमा जन्मिएका छोरी रु एक लाखको बीमा मात्रै थियो, तर यो वर्षदेखि त्यसलाई बढाएर रु ३ लाख पुर्‍याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतेश मिश्रले जानकारी दिए । छोरी शिक्षा बीमाअन्तर्गत हालसम्म प्रदेश नं २ मा करीब १५ हजार छोरीको बीमा प्रदेश सरकारले गरिसकेको छ ।

प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा शिविर सिरहा जिल्लामा प्रभावकारी बन्दै गएको छ ।

छोरा र छोरीबीचको विभेदलाई अन्त्य गर्दै छोरीको पनि शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेशका आठै जिल्लामा अहिले छोरी शिक्षा बीमा शिविर सञ्चालन भइरहेको छ । सिरहाका १७ स्थानीय तहमध्ये आजसम्म ११ स्थानीय तहमा सम्पन्न छोरी शिक्षा बीमा शिविरमा दुई हजार ४०३ छोरीको बीमा गरिसकिएको जनाइएको छ ।

सिरहा नगरपालिकामा सबैभन्दा बढी ४९० र सबैभन्दा कम विष्णुपुर गाउँपालिकामा ९० छोरीको बीमा गरिएको सामाजिक सुरक्षा सिरहा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिए । सो नगरपालिकामा ४९०, कल्याणपुर नगरपालिकामा १९७, कर्जन्हा नगरपालिकामा २२९, नरहा गाउँपालिकामा ९३ र अर्नमा गाउँपालिकामा १२० छोरीको बीमा गरिएको छ ।

यस्तै सिरहाको गोलबजार नगरपालिकामा ३८४, धनगढीमाई नगरपालिकामा २९४, बरियारपट्टी गाउँपालिकामा १५४, औरही गाउँपालिकामा १४२ गरी २०७५ माघ १ देखि जन्मिएका दुई हजार ४०३ छोरीको बीमा गरिएको संयोजक विश्वकर्माले बताए । विसं २०७५ माघ १ गतेयता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा गरिदिने घोषणा गरेअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि कर्मचारी अभावमा प्रभावकारी हुन नसकेपछि स्थानीय तहमै पुगेर छोरीको बीमा गर्ने उद्देश्यका साथ शिविरमार्फत बीमा कार्यक्रमलाई अगाडि बढाइएको छ ।

छोरीको बीमाका लागि आवश्यक जन्मदर्ता, स्थानीय तहको सिफारिस, आमा वा बुबामध्ये एकको नागरिकता र छोरी तथा अभिभावकका ६/६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविरमार्फत सबै प्रक्रिया पूरा गर्ने गरी आवश्यक प्रबन्ध मिलाएको छ । उक्त शिविरमा प्रभु बैंकका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिव, फोटोग्राफर एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको छ ।

विसं २०७५ माघ १ पछि जन्मेका छोरीको रु एक लाखको शिक्षा बीमा गर्ने घोषणा गरेको प्रदेश सरकारले त्यो रकमलाई वृद्धि गरी यो वर्ष रु तीन लाख पुर्‍याएको छ । शुरुमा २०७५ माघ १ गतेपछि प्रदेशमा जन्मिएका छोरी रु एक लाखको बीमा मात्रै थियो, तर यो वर्षदेखि त्यसलाई बढाएर रु तीन लाख पु¥याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतेश मिश्रले जानकारी दिए । छोरी शिक्षा बीमाअन्तर्गत हालसम्म प्रदेश नं २ मा करीब १५ हजार छोरीको बीमा प्रदेश सरकारले गरिसकेको छ ।