२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा क्षेत्रका नागरिक अझै ढिकेनुनकै भरमा

अ+ अ-

दुर्गा देवकोटा लम्की । कैलालीका दक्षिणी सीमासँग जोडिएका गाउँका नागरिक अझै पनि ढिकेनुनकै भर पर्ने गरेका छन् । भारतीय नागरिकले साइकलमा बोकेर सीमावर्ती गाउँमा भारतीय गुणस्तरहीन ढिकेनुन बिक्री गरिरहेका छन् । त्यहाँका स्थानीयवासी घर अगाडि नुन आउने भएपछि गुणस्तरहीन ढिकेनुन प्रयोग गर्न वाध्य छन् ।

‘अवैध ढङ्गले नेपाल भित्रिएको गुणस्तरहीन ढिकेनुन आयोडिन नुनभन्दा सस्तो हुन्छ’, टीकापुर–९ खक्रौलाकी सीमा बुढाले भन्नुभयो, ‘खाद्यान्न, पुरानो फलाम, टुटेफुटेका प्लास्टिकलगायतका कबाडी सामानसँग साटेर ढिकेनुन मिल्छ । किन महँगो नुन खानु भनेर यही खान्छौँ ।’

भारतीय नागरिकले बिक्री गर्ने ढिकेनुन उपभोग गर्दै आएका अधिकांश स्थानीयवासीलाई ढिकेनुन स्वास्थ्यका लागि फाइदाजनक नभएको जानकारी छैन । ‘नुन कस्तो हो भन्नेबारेमा त हामीलाई खासै जानकारी छैन’, खक्रौलाकै तर्कबहादुर सुनार भन्छन्, ‘पुरानै चलन हो, हामी त यस्तै नुन खाँदै आएका छौँ ।’

भारतले औद्योगिक प्रयोजनका लागि आयोडिनविहीन ढिकेनुन उत्पादन गर्दै आएको छ । ढिकेनुन खासगरी छालाका सामग्री गलाउन प्रयोग हुन्छ । सोही नुन बोरामा राखेर नेपालका सीमावर्ती क्षेत्रमा भित्र्याई बिक्री भइरहेको छ । ढिकेनुन बोरामा राखेर नेपालका सीमावर्ती क्षेत्रमा भित्र्याई बिक्री भइरहेको साल्ट टे«डिङ कर्पोरेशन धनगढीका सूचना अधिकारी तेजबहादुर कुँवरले बताए ।

निकासी पैठारी ऐन, २०१३ ले तोकिएको संस्थाबाहेक अरुले नुन आयात गर्न नपाउने व्यवस्था गरेको छ । नेपालमा साल्ट टे«डिङ कर्पोरेसनले मात्रै नेपालमा नुन आयात गर्दै आएको छ । सूचना अधिकारी कुँवरले कुनै पनि व्यक्तिले भारतबाट एक किलो नुन पनि ल्याउन नपाउने बताए । ‘प्रहरी र प्रशासनसँग आयात रोक्नका लागि बेला बेला पत्राचार भइरहेको हुन्छ, तैपनि आउने गरेको छ, त्यो अवैध काम हो’, उनले भने, ‘राज्यका सुरक्षा संयन्त्रले रोक्नुपर्छ ।’

साल्ट ट्रेडिङले सीमा क्षेत्रमा रहेका प्रहरी कार्यालयले नुन तस्करी रोक्न ध्यान नदिएको जनाएको छ । जनस्वास्थ्यसँग जोडिएको अवैध काम रोकथामका लागि प्रहरीले बेवास्ता गर्नु गैरजिम्मेवारी भएको स्थानीयवासी बताउँछन् । भजनीका जयबहादुर सार्कीले भारतीय नुन खुलेआम भित्रिरहेको बताए । उनका अनुसार दर्जनौँ भारतीय नागरिक साइकलमा गुणस्तरहीन ढिकेनुन बोकेर दिनहुँ नेपालका सीमावर्ती गाउँमा आउने गरेका छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले सीमाक्षेत्रबाट भारतीय नागरिकले गुणस्तरहीन ढिकेनुन नेपाल भित्र्याइरहेको बारेमा जानकारी नभएको बताए । ‘यसबारेमा मलाई खासै जानकारी छैन’, भट्टले भने, ‘ढिकेनुन भारतबाट लुकीचोरी आइरहेको भए हामी कडाइका साथ रोक्छौँ ।’

स्थानीयवासी भने सीमानाकाबाटै दिनहुँ कयौँ भारतीय नागरिकले गुणस्तरहीन ढिकेनुन साइकलमा बोकेर नेपाल भित्र्याउने गरेको बताएका छन् । उनीहरु नेपालतर्फ प्रहरीको उपस्थिति नरहेका ग्रामीण क्षेत्रमा नुन बेचेर फर्किने गरेका छन् । रासस