९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक दिन टिकेन विद्यालय बन्द गर्ने धनगढी मेयरको ‘हचुवा’ निर्णय

अ+ अ-

कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडको विद्यालय अनिश्चित कालीन बन्द गर्ने निर्णय एक दिन पनि टिक्न सकेन ।

सङ्घीय सरकारको शिक्षा मन्त्रालयको परिपत्रको बेवास्ता गर्दै मेयर नृपबहादुर वडले आइतबारदेखि विद्यालय बिदा दिन निर्देशन दिएका थिए ।

मेयर वडले २० गते शुक्रवार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको त्रास बढेको भन्दै पठनपाठनका सम्पूर्ण क्रियाकलापहरू अर्को सूचना नभसम्मका लागि बन्द गर्ने निर्णय गरेका थिए । जबकि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २० गते मङ्गलवार चैत्र ५ गते भित्र वार्षिक परीक्षा सम्पन्न गरी सक्ने व्यवस्था गर्न परिपत्र गरेको थियो ।

सङ्घीय सरकारको परिपत्रलाई लत्त्याउँदै विद्यालय बन्द गर्ने निर्देशन दिने मेयर वडको विज्ञप्तिपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षा मन्त्रालयको पत्र अनुसार नै परीक्षा सञ्चालन गर्ने परिपत्र सँगै उनले त्यसको २४ घण्टाभित्रै आफ्नो निर्णय सच्याएका हुन् ।

धनगढी उपमहानगरपालिकाको कार्यालयले परीक्षा स्थगित गरेर बिदा दिने निर्णय गरेपछि त्यसको चौतर्फी आलोचना भएको थियो । यससँगै उपमहानगरपालिकामा बसेको सारोकारवालाहरुको बैठकले सङ्घीय सरकारको परिपत्र अनुसार फागुन २८ देखि परीक्षा सुरु गर्ने निर्णय गरेको हो ।

त्यसो त स्थानीय सरकारहरूले आफूखुसी निर्णय गर्ने गरेको यो नै पहिलो र अन्तिम निर्णय भने होइन । यसअघि सार्वजनिक बिदा दिनेदेखि सेवासूविधालगायत अन्य विषयहरूमा समेत सङ्घीय सरकारको मापदण्डलाई नै बेवास्ता गर्दै आफूखुसी निर्णय गर्दै आएका छन् । यस्ता कार्यले अराजकता निम्त्याउने भएकोले एउटा प्रणालीको विकास गरेर अघि बढ्दा मात्रै सङ्घीयताको सफल कार्यान्वयन हुने विज्ञहरूको सुझाव छ ।

यस्तो थियो शिक्षा मन्त्रालयले जारी गरेको परिपत्र

यस्तो छ मेयरले जारी गरेको विद्यालय अर्को निर्णय नभएसम्मका लागि बन्द गर्न जारी गरेको विज्ञप्ति

यस्तो छ २४ घण्टा नवित्दै सच्याएको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस