१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना प्रभावित ५ देशबाट खाद्यवस्तु आयातमा रोक

अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अति प्रभावित पाँच मुलुकबाट पशु, विरुवा र खाद्यवस्तु आयातमा रोक लगाएको छ ।

कृृषि तथा पशुपछी विकास मन्त्रालयले चीन, दक्षिण कोरिया, इटाली, जापान र इरानबाट कुनै पनि प्रकारका पशु तथा पशुजन्य, विरुवा तथा विरुवाजन्य तथा खाद्यवस्तुको आयात सिफारिस प्रदान गर्ने कार्य स्थगित गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा‍. हरिबहादुर केसीका अनुसार अन्य प्रभावित मुलुकहरुबाट आयात हुने वस्तुहरुको हकमा जोखिम विश्लेषण गरी आवश्यकतानुसार क्वारेन्टाइन गरी सुरक्षित भएपछि मात्र मुलुकभित्र प्रवेश गर्न दिने व्यवस्था गरिएको छ । संक्रमित मुलुकबाट आयात इजाजत पत्र नलिई आयात गरिएका त्यस्ता वस्तु तथा खाद्यवस्तुको कन्साइनमेन्टहरुलाई नष्ट गर्नसमेत मन्त्रालयले क्वारेन्टाइन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहितका देशैभरका क्वारेन्टाइन चेक पोष्टहरुलाई विशेष निगरानी गर्न एवं भन्सार तथा सुरक्षा निकायहरुसँग समन्वयमा कार्य गर्न कर्मचारीलाई निर्देशन जारी गरेको बताइएको छ ।

क्वारेन्टाइनमा खटिएका कर्मचारीको स्वास्थ्यलाई मध्यनजर गर्दै पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) तथा निसंक्रमणमा प्रयोग हुने भिर्कोनलगायतका स्प्रेयरको व्यवस्थापन पशु सेवा विभागबाट गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

मन्त्रालय माताहत पशु क्वारेन्टाइन कार्यालय काकडभिट्टा, विराटनगर, जनकपुर, वीरगंज, काठमाडौं, भैरहवा, नेपालगञ्ज, गड्डाचौकी गरी आठ ओटा पशु क्वारेन्टाइन चेकपोष्ट नेपाल–भारततर्फ २१ ओटा, नेपाल–चीन तीन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ एक र आन्तरिकतर्फ तीन ओटा रहेका छन् ।

प्लान्ट क्वारेन्टाइन चेकपोष्ट १५ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा खाद्य क्वारेन्टाइन चेक पोष्ट रहेको छ ।

प्रतिक्रिया दिनुहोस